विकास तथा प्रविधि समितिले गर्‍यो निर्माणाधीन संसद भवनको स्थलगत निरीक्षण (फोटोफिचर) « Khabarhub

विकास तथा प्रविधि समितिले गर्‍यो निर्माणाधीन संसद भवनको स्थलगत निरीक्षण (फोटोफिचर)


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिले तोकिएको समयसिमाभित्रै सिंहदरवारमा निर्माणाधीन संघीय संसद भवनको निर्माण सम्पन्न गर्न पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने जनाएको छ ।

 समितिका पदाधिकारीले आइतबार निर्माणाधीन संघीय संसद भवनको स्थलगत निरीक्षण गरेका हुन् ।

निर्माणअवधि एक वर्ष थप भएको अवस्थामा तोकिएको समयसिमाभित्रै निर्माण सम्पन्न गर्न सरकारले पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने संसदीय समितिले निष्कर्ष निकालेको हो ।

समिति सभापति कल्याणी खड्काले निर्माण क्रममा देखिएका समस्या सम्बोधनका लागि समितिले पहल गर्ने बताइन् ।

उनले श्रमिकहरुका लागि तत्काल कोरोनाविरुद्धको खोपको व्यवस्था गर्नुपर्ने, भवन निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने, निर्माण स्थलमा सडकको अवस्था मर्मत गर्नुपर्ने देखिएको जानकारी दिइन् ।

सभापति खड्काले यस विषयमा समितिमा थप छलफल गरेर सरकारलाई आवश्यक निर्देशन दिइने बताइन् ।

१७३ रोपनी ८ आना क्षेत्रमा निर्माणा भइरहेको आयोजनाको लागत करिव ५ अर्ब ६७ करोड ६१ हजार अनुमान गरिएको छ । संघीय संसद भवन परिसरभित्र ४ सय सिट क्षमताको प्रतिनिधिसभा, एक सय सिट क्षमताको राष्ट्रियसभा, पुस्तकालय, संग्रहालय, चमेना गृहसहितको व्यवस्था हुने बताइएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ७ : ३१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै