विकास तथा प्रविधि समितिले गर्‍यो निर्माणाधीन संसद भवनको स्थलगत निरीक्षण (फोटोफिचर) « Khabarhub

विकास तथा प्रविधि समितिले गर्‍यो निर्माणाधीन संसद भवनको स्थलगत निरीक्षण (फोटोफिचर)


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिले तोकिएको समयसिमाभित्रै सिंहदरवारमा निर्माणाधीन संघीय संसद भवनको निर्माण सम्पन्न गर्न पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने जनाएको छ ।

 समितिका पदाधिकारीले आइतबार निर्माणाधीन संघीय संसद भवनको स्थलगत निरीक्षण गरेका हुन् ।

निर्माणअवधि एक वर्ष थप भएको अवस्थामा तोकिएको समयसिमाभित्रै निर्माण सम्पन्न गर्न सरकारले पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने संसदीय समितिले निष्कर्ष निकालेको हो ।

समिति सभापति कल्याणी खड्काले निर्माण क्रममा देखिएका समस्या सम्बोधनका लागि समितिले पहल गर्ने बताइन् ।

उनले श्रमिकहरुका लागि तत्काल कोरोनाविरुद्धको खोपको व्यवस्था गर्नुपर्ने, भवन निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने, निर्माण स्थलमा सडकको अवस्था मर्मत गर्नुपर्ने देखिएको जानकारी दिइन् ।

सभापति खड्काले यस विषयमा समितिमा थप छलफल गरेर सरकारलाई आवश्यक निर्देशन दिइने बताइन् ।

१७३ रोपनी ८ आना क्षेत्रमा निर्माणा भइरहेको आयोजनाको लागत करिव ५ अर्ब ६७ करोड ६१ हजार अनुमान गरिएको छ । संघीय संसद भवन परिसरभित्र ४ सय सिट क्षमताको प्रतिनिधिसभा, एक सय सिट क्षमताको राष्ट्रियसभा, पुस्तकालय, संग्रहालय, चमेना गृहसहितको व्यवस्था हुने बताइएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ७ : ३१ बजे

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ