एप्पलले भन्यो- मोटरसाइकल चलाउँदा आइफोनको क्यामेरा बिग्रिन सक्छ « Khabarhub

एप्पलले भन्यो- मोटरसाइकल चलाउँदा आइफोनको क्यामेरा बिग्रिन सक्छ


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मोटरसाइकलबाट हुने कम्पनबाट आईफोन जोगाउन प्रयोगकर्तालाई निर्माता कम्पनी एप्पलले सुझाव दिएको छ।

एप्पलले मोटरसाइकलको कम्पनले आईफोनको क्यामराको प्रणालीमा खराबी आउन सक्ने जनाएको हो ।

म्याकरूमर्स वेबसाइटले फेला पारेको एप्पलको ग्राहक सेवा वेबसाइटको सपोर्ट पेजमा उक्त प्रविधि कम्पनीले शक्तिशाली मोटरसाइकलमा आईफोन जोडेर नराख्न चेतावनी दिएको छ।

उक्त दस्ताबेजमा इन्जिनमा हुने कम्पनीले फोनको क्यामराले फोटो खिच्दा सन्तुलन कायम रहोस् भनेर जडान गरिएको प्रविधि ‘अप्टिकल-इमेज स्टेबलाइजेशन अथवा क्लोज्ड-लूप अटोफोकस’ प्रणालीमा हानि पुर्‍याउन सक्ने बताइएको छ।

स्कूटर र मोपेडचालकलाई पनि आईफोन ह्यान्डलमा जडान गर्दा कम्पन घटाउन सघाउने विशेष खालको ‘माउन्ट’ प्रयोग गर्न सुझाव दिइएको छ।

विभिन्न मानिसले मोटरसाइकलमा जोडेपछि आफ्नो फोन बिग्रिएको सामाजिक सञ्जालमा लेखेका छन्।

चाल, कम्पन र गुरुत्वाकर्षणको प्रभावलाई प्रतिरोध गरेर तस्बिरको गुण सुधार गर्नका लागि निर्माण गरिएको आईफोनको क्यामरामा राखिएको प्रणाली यसले प्रभावित भएको पाइएको छ।

मोटरसाइकल चढेर कतै जाँदा बाटो पत्ता लगाउन प्रायः फोन देखिनेगरी ह्याण्डलमा जडान गरेर राख्ने चलन छ। त्यसैले कम्पनबाट आफ्नो आईफोन जोगाउने उपाय भनेको प्रथमतः मोटरसाइकलको ह्याण्डलमा त्यसरी आईफोन नजोड्नु नै हो। बीबीसीबाट

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ८ : ०५ बजे

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि