पर्सामा प्रतिबन्धित भारतीय नोटसहित एक युवा पक्राउ « Khabarhub

पर्सामा प्रतिबन्धित भारतीय नोटसहित एक युवा पक्राउ


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पर्सा प्रहरीले प्रतिबन्धित भारतीय नोटसहित एक जनालाई पक्राउ गरेको छ।

प्रतिबन्धित एक लाख अड्चालीस हजार पाँच सय रुपैयाँसहित पर्साको बहुदरमाई नगरपालिका-४ का २५ वर्षीय अजयकुमार शर्मालाई प्रहरीले पक्राउ गरेको जनाएको हो ।

शर्मालाई बुधबार अपरान्ह ५ बजे पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । भारतबाट वीरगञ्ज आउँदै गरेको ना१५प २३७२ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच उक्त रुपैयाँ बरामद भएको उनले बताए ।

उनको साथबाट रू.५०० को दरको नोट-२९६ थान र रु.१०० को नोट-५ थान गरी जम्मा १ लाख ४८ हजार ५०० रुपैयाँ बरामद गरिएको प्रनाउ खनालले बताए । घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ९ : १२ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका