पर्सामा प्रतिबन्धित भारतीय नोटसहित एक युवा पक्राउ | Khabarhub Khabarhub

पर्सामा प्रतिबन्धित भारतीय नोटसहित एक युवा पक्राउ


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पर्सा प्रहरीले प्रतिबन्धित भारतीय नोटसहित एक जनालाई पक्राउ गरेको छ।

प्रतिबन्धित एक लाख अड्चालीस हजार पाँच सय रुपैयाँसहित पर्साको बहुदरमाई नगरपालिका-४ का २५ वर्षीय अजयकुमार शर्मालाई प्रहरीले पक्राउ गरेको जनाएको हो ।

शर्मालाई बुधबार अपरान्ह ५ बजे पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । भारतबाट वीरगञ्ज आउँदै गरेको ना१५प २३७२ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच उक्त रुपैयाँ बरामद भएको उनले बताए ।

उनको साथबाट रू.५०० को दरको नोट-२९६ थान र रु.१०० को नोट-५ थान गरी जम्मा १ लाख ४८ हजार ५०० रुपैयाँ बरामद गरिएको प्रनाउ खनालले बताए । घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ९ : १२ बजे

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव