हामी माथिल्लो तहका नेता बिग्रिएका छौँ : प्रचण्ड (भिडियो) « Khabarhub

हामी माथिल्लो तहका नेता बिग्रिएका छौँ : प्रचण्ड (भिडियो)


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीकाे माथिल्लो नेतृत्व बिग्रिएको बताएका छन् । उनले आन्दोलनमा लाग्ने जनता न बिग्रिएको तर आफूहरु बिग्रिएको बताएका हुन् ।

माओवादी नेता पोष्टबहादुर बोगटीको सातौं स्मृति सभाका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘क्रान्ति आन्दोलनमा जाने भनेपछि जुर्मुराएर उठ्ने पंक्ति पनि यही पार्टीभित्र रहेको पनि देखेँ । लाखौंको संख्यामा सडकमा आउन तयार रहेछन् । जनता बिग्रिएका पनि होइनन्, कार्यकर्ता पनि होइन, बिग्रिएका हामी माथिका नेताहरु मात्रै रहेछौं । गुट बनाउँदा फाइदा हुन्छ भन्ने नेतृत्व पंक्ति मात्रै बिग्रिएको रहेछ भन्ने अहिले पुष्टि भएको छ ।’

उनले माओवादी पार्टी फेरि देशमा एक नम्बर पार्टी बन्नेसमेत बताएका छन् । उनले शान्ति प्रक्रियापछि माओवादी ५–७ सिटमात्र जित्छ भन्ने हल्ला चलाए पनि एक नम्बर पार्टीको उल्लेख गर्दै फेरि पनि एक नम्बर पार्टी बन्ने बताए ।

प्रचण्डले अर्को प्रसंगमा फेरि सडक आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्नेसमेत बताए । उनले संविधान संशोधनका लागि सडकमा जानुपर्ने संकेत गरे । उनले संविधान जारी गर्दा नै आफूहरुको फरकमत रहेको स्मरण गर्दै संविधान संशोधन आवश्यक रहेको जिकिर गरे ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ११ : ०४ बजे

प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको

आज इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

काठमाडौँ – इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल)

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ १० गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ १० गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १० गते बुधबार सन् २०२६