सामाजिक सञ्जाल प्रयोग नगर्ने ब्रिटनीको घोषणा « Khabarhub

सामाजिक सञ्जाल प्रयोग नगर्ने ब्रिटनीको घोषणा


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(बीबीसी)–लामो समयदेखिको प्रेमी साम असगरीसँग गत साता इन्गेजमेन्ट गरेकी अमेरिकी पपस्टार ब्रिटनी स्पीयर्सले ‘इन्गेजमेन्ट’को खुशी मनाउन सामाजिक सञ्जालबाट केही समयका लागि बिदा लिने घोषणा गरेकी छन् ।

३९ वर्षीया गायिकाले आफ्नो इन्स्टाग्राम एकाउण्ट हटाउदै फ्यानलाई ट्वीटरबाट आफू चाँडै फर्किने भएकाले चिन्ता नलिन आग्रह गरेकी छन् ।

पिता जिमीको ‘कन्जरभेटरसिप’मा १३ वर्षयता रहँदा त्यसकाविरुद्ध अदालतमा मुद्धा चलेपछि त्यसको बारेमा फ्यानलाई अपडेट सूचना दिनका लागि ब्रिटनीले इन्स्टाग्राम एकाउण्ट खोलेकी थिइन् । जिमीको ‘कन्जरभेटरसिप’मा रहँदा उनको व्यक्तिगत जीवन र आर्थिक पक्ष पिताकै नियन्त्रणमा थियो । उनीमाथि सन् २००८ देखि पिताको ‘कन्जरभेटरसिप’को नियम लगाइएको थियो ।

उनले मंगलबार आफ्नो इन्स्टाग्राममा फ्यानलाई ‘मैले १३ वर्ष पर्खेकी छु र मेरो स्वतन्त्रताको गणना गरिरहेकी छु’ भन्दै लेखेकी थिइन् । उनले फ्रि ब्रिटनी अभियानका अभियन्तालाई आफूलाई ‘कन्जरभेटरसिप’बाट मुक्त गरेकोमा धन्यवाद दिएकी छन् ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  १ : १९ बजे

स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

काठमाडौँ । सिरहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले

कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

विद्युत् प्राधिकरणमा आइपुग्यो ५० हजार नयाँ मिटर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नयाँ विद्युत् जडान तथा मिटर

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन ‘अपरेसन इलिगल एजेन्ट क्लिन-अप’

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीको क्षेत्रमा