मदिराबाट टाढै बस्ने यी कलाकार « Khabarhub

मदिराबाट टाढै बस्ने यी कलाकार


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड सेलिब्रेटीहरु आफ्नो स्वास्थ्यलाई लिएर निकै सजग छन् । कैयौं सेलिब्रेटी यस्ता छन्, जो मदिराबाट टाढा हुन चाहन्छन् ।

अभिनेता अमिताभ बच्चन आफ्नो स्वास्थ्यप्रति संवेदनशिल छन् । उनी मदिरा त के चुरोटसम्म लिँदैनन् । अमिताभ शाकाहारी कलाकार हुन् ।

अभिनेत्री शिल्पा शेठ्ठी फिटनेस प्रेमी हुन् । उनी खानपिनमा निकै ध्यान दिन्छिन् । शिल्पा पनि मदिरालाई छुने काम गर्दिनन् ।

अभिनेता जोन अब्राहम मदिरा कहिल्यै पिउदैनन् । उनी अन्यलाई पनि मदिरा पिउन प्रोत्साहन गर्दैनन् । त्यहीकारण जोन आफ्नो स्वास्थ्यप्रति सचेत छन् ।

अभिनेत्री सोनाक्षी सिन्हाले पछिल्लो केही महिनामा आफ्नो तौल निकै कम गरेकी छन् । उनी मदिरा पिउदिनन् । त्यहीकारण शारीरिक अभ्यासमा उनको शरीर स्वस्थ देखिन्छ ।

बलिउडमा प्रवेश गर्नासाथ अभिनेत्री परिणीति चोपडाले आफ्नो फिटनेसमा ध्यान दिन सुरु गरिन् । उनी मदिराबाट टाढै छिन् ।

आफूलाई फिट राख्नका लागि अभिनेत्री दीपिका पादुकोण नियमित योगा गर्छिन् । उनी खानपिनलाई पनि नियन्त्रण गर्छिन् । त्यहीकारण उनले अहिलेसम्म मदिरा पिएकी छैनन् ।

अभिनेता सिद्धार्थ मल्होत्रा फिटनेसमा विश्वास गर्छन् । त्यहीकारण उनले अहिलेसम्म मदिरा र धुम्रपान सेवन गरेका छैनन् । उनी अधिकांश समय जिममा नै बिताउछन् । अभिनेता अक्षय कुमार पनि मदिरा नपिउने अभिनेताका रुपमा चिनिन्छन् ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  २ : ०५ बजे

बाढीपीडितलाई नन्दप्रसाद जानुका फाउन्डेसन र इनास यूकेको राहत

रसुवा- नन्दप्रसाद जानुका फाउन्डेसन र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : राजदूत माओमिङ

त्रिशूली– नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली

शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल

काठमाडौं–  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातवटै प्रदेशका शिक्षा हेर्ने

आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँ : मानव अधिकार आयोग

सुदूरपश्चिम– राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथामका लागि आत्महत्याबारे मौन

यस्तो छ देवीघाटमा पाँच दिनमा तयार एक्रो ब्रिज (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले एक्रो ब्रिज