रजनीकान्तको पोस्टरमा रगतको ‘अभिषेक’ « Khabarhub

रजनीकान्तको पोस्टरमा रगतको ‘अभिषेक’


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(आजतक)– दक्षिण भारतीय फिल्मका सुपरस्टार रजनीकान्तले दशकौंदेखि फ्यानमाझ आफ्नो वर्चस्व कायम गरेका छन् । रजनीकान्तलाई मनपराउने उनका फ्यानहरुले उनको तस्वीरमा भगवानको रुपमा पूजा गर्छन् ।

हालैमात्र अभिनेताको नयाँ फिल्म ‘अन्नाथाइ’बाट अभिनेताको पहिलो लुक्स सार्वजनिक गरियो । पोस्टर सार्वजनिक हुनासाथ उनका फ्यानले केही यस्ता काम गरे, जुन कल्पनाभन्दा बाहिरको कुरा थियो ।

आफूलाई रजनीकान्तको फ्यान बताउने एक समूहले फिल्मको पोस्टर सार्वजनिक हुनासाथ बाख्राको बलि दिएका छन् । बलि दिनासाथ त्यसको रगतले रजनीकान्तको पोस्टरमा ‘अभिषेक’ गरेका छन् ।

यसको भिडियो ट्वीटरमा भाइरल भएको छ । कतिपयले अभिनेतालाई भगवानको रुप मान्नु ठिक भए पनि उनको नाममा जीवहत्या गर्नु दुःखद रहेको प्रतिक्रिया दिएका छन् ।

रजनीकान्तको फ्यान क्लब अल इण्डिया रजनीकान्त रासिकर मान्दरमका प्रशासक वीएम सुधाकरले घटनाको निन्दा गरेका छन् । यो विषयमा रजनीकान्तले कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  २ : ४५ बजे

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक