देउवा नेतृत्वको सरकारले देशलाई बन्धक बनायो : नेम्वाङ « Khabarhub

देउवा नेतृत्वको सरकारले देशलाई बन्धक बनायो : नेम्वाङ


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले परमादेशबाट आएको शेरबहादुर देउवा सरकारले देशलाई बन्धक बनाएको आरोप लगाएका छन् ।

बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेम्वाङले जनताबाट आएको सरकारले मात्रै जनताका समस्या बुझ्ने, परामादेशबाट आएको सरकारले नबुझने दाबी गरे ।

नेम्वाङले सभामुख सबैको नेता हुन नसकेकोसमेत आरोप लगाए । उनले संसद् अवरुद्ध राखिराख्नेसमेत बताए ।

‘अदालतले गलत कुरालाई टेकेर गलत निर्णय गर्न थालेजस्तो हामीलाई लाग्न थालेको छ,’ नेम्वाङले भने, ‘तर पनि सर्वोच्च अदालतको आदेशलाई हामी सम्मान गर्छौ ।’ नेता नेम्वाङ उदपयपुर जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न आएका हुन् ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ३ : २६ बजे

नास आईटीको आयोजनामा ‘नेपाल टेक रोडशो यूके २०२६’ सम्पन्न, अन्तर्राष्ट्रिय बजार विस्तारमा जोड

बेलायत– नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास-आईटी)

फेरि निखिलको एब्सको चर्चा !

काठमाडौं – ‘नाँच्न जान्दिनँ’ भन्ने निखिलले फिल्म ‘आचार्य’को गीत ‘लै

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

भोटेकोशी बाढी : विवरण सङ्कलन गर्न  समिति गठन

रसुवा– भोटेकोशी  बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५

एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

दमौली– अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले