‘टुल्की’मा बहुपति प्रथा कथा | Khabarhub Khabarhub

‘टुल्की’मा बहुपति प्रथा कथा


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कर्णाली प्रदेशको हिमाली जिल्लामा प्रचलित बहुपति प्रथाको कथा उठान गरिएको फिल्म ‘टुल्की’को टिजर र फस्ट लुक सार्वजनिक भएको छ । द पाल्म ग्रुपले निर्माण गरेको फिल्म डोल्पाको फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडालगायतका स्थानमा छायांकन गरिएको छ ।

काठमाडौंमा बुधबार एक कार्यक्रमका बीच फिल्मको टिजर र फस्टलुक सार्वजनिक गरियो । कार्यक्रममा निर्माता शेखर लामाले डोल्पा, हुम्ला, मुगु, मुस्ताङलगायतका जिल्लामा कुप्रथाको रूपमा कायमै रहेको बहुपति प्रथालाई फिल्ममा देखाइएको बताए ।

‘नेपालमा अहिलेसम्म बहुपति प्रथामा आधारित फिल्म बनेको छैन, त्यो पहिलो प्रयास हामीले ‘टुल्की’मा गरेका छौं । यो फिल्मका लागि मैले चार वर्ष अनुसन्धान गरें’, उनले भने ।

उनका अनुसार बहुपति प्रथामा घरका कुनै एक भाइले विवाह गरेपछि अन्य दाजुभाइले विवाह गर्नुपर्दैन, जुन भाइले पहिला विवाह गरे तीनै भाइकी श्रीमतीसँग सबैले सामूहिक सन्तान जन्माउनेदेखि रात बिताउन पाउने प्रथा छ ।

फिल्ममा आरपी कर्माचार्य र शेखर लामाको लगानी छ । फिल्मलाई विभिन्न फेस्टिभलमा प्रदर्शन गरेर मात्र नेपालमा रिलिज गरिने निर्माण पक्षले जनाएको छ ।

देवजंग थापाको छायांकन र निर्देशन रहेको फिल्ममा शिशिर वाङ्देल, सोम लामा, स्वस्तिमा कार्की, सौजन सुब्बा, नरेन्द्र तामाङ, सोफिया लिम्बु, दीर्घ लामा, महेश लिम्बु, रत्नप्रसाद न्यौपाने, भक्तसिंह कठायतलगायतको अभिनय छ ।

फिल्ममा संजीव लिम्बुको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन र दीप तुलाधरको मिक्सिङ छ ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ५ : २७ बजे

साउन १ गतेदेखि सबै सार्वजनिक निकायले विद्युतीय भुक्तानी अनिवार्य गर्नुपर्ने

काठमाडौं– अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको सुरुवात साउन १ गतेदेखि

मौद्रिक नीति सकारात्मक : नेपाल चेम्बर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि

शंकर पोखरेलविरुद्ध आक्रमक कर्ण थापा- अध्यक्ष ओलीलाई गुमराहमा राखेर आफैं मुखिया बन्न खोजेको आरोप

काठमाडौं- नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा पछिल्लो समय

रसुवा बाढीपीडितको राहत, उद्धार र पुनः स्थापनामा सांसदको जोड

काठमाडौं– सांसदहरूले यही असार २४ गते बिहान सुप्राग्लेशियर ताल फुट्दा

बीमा बोर्डले बिपी प्रतिष्ठानलाई दिएन ७४ करोड, प्रथम सेवाविन्दुबाटै बाहिरिएपछि धराने आन्दोलित

सुनसरी– धरानका दुई लाख सर्वसाधारण बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा