प्राधिकरणको अवधि अब नथपिने, बाँकी रहेका काम सरकारलाई हस्तान्तरण « Khabarhub

प्राधिकरणको अवधि अब नथपिने, बाँकी रहेका काम सरकारलाई हस्तान्तरण



काठमाडौँ– २०७२ को महाभूकम्पले पुर्याएको क्षति पुनर्निर्माणका लागि स्थापना गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अवधि अब नथपिने भएको छ । २०७२ मा ५ वर्षका लागि स्थापना भएको प्राधिकरणको एक पटक अवधि थपिएको थियो । थपिएको समयसम्म पनि प्राधिकरणले काम सम्पन्न गर्न नसक्ने देखिएपछि बाँकी रहेका काम सरकारलाई हस्तान्तरण गरिएको छ ।

बुधबार एक कार्यक्रमका बीच प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बाँकी रहेका काम सम्बन्धित मन्त्रालय र विभागका अधिकारीहरुलाई हस्तान्तरण गरे ।

निजी आवास पुनर्निर्माणको बाँकी काम सहरी विकास मन्त्रालय/ सहरी विकास तथा भवन निर्माण विभागलाई हस्तान्तरण गरिएको छ ।

सरकारी एवं सार्वजनिक भवन, स्वास्थ्य संस्थाको बाँकी पुनर्निर्माणको जिम्मा सोही विभागले पाएको छ ।

त्यस्तै शैक्षिक संस्था पुनर्निर्माणको बाँकी काम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।

पुरातात्विक सम्पदाहरुको पुनर्निर्माण सम्बन्धी कामको जिम्मेवारी सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय/पुरात्व विभागले पाएको छ।

सडक तथा पुलहरु एवं गुम्बा पुनर्निर्माणका लागि प्राधिकरणले बाँकी काम गुम्बा व्यवस्थापन समितिको समन्वयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय÷ स्थानीय पूर्वाधार विभागलाई हस्तान्तरण गरेको छ ।

२०७२ साल वैशाख १२ र २९ गते गएको भूकम्प र त्यसपश्चातका परकम्पनका कारण क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणका लागि २०७२ पुस १० गते प्राधिकरणको स्थापना भएको थियो ।

भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण सम्बन्धी ऐन, २०७२ को दफा ३ को उपदफा ३ बमोजिम नेपाल सरकारले प्राधिकरणको समय अवधि एक पटक थप गरेको थियो ।

२०७७ माघ १५ गतेको मन्त्रीपरिषदको निर्णय अनुसार प्राधिकरणको समय अवधि १ वर्ष थप गरी २०७८ पुस ९ गतेसम्म पु¥याइएको थियो ।
प्राधिकरणको समय अवधि अझै ३ महिना पुरा बाँकी छ । तर प्राधिकरणले समय बाँकी हुदा–हुदैपनि सम्बन्धित निकायहरुलाई कामको जिम्मा दिएको हो ।

‘पुनर्निर्माणका अधिकांश कार्यहरु सम्पन्न हुने चरणमा छन्’ प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने, ‘प्राधिकरणले हस्तान्तरण गरिसकेको छ, अब सम्बन्धित निकायले काम गर्नेछन् भने हामीले त्यसमा सम्वन्य र सहजीकरण गर्नेछौँ ।’

झण्डै ८ प्रतिशत निजी आवास पुनर्निर्माण बाँकी

कुल ८ लाख ६६ हजार २ सय लाभग्राहीमध्ये ८ लाख २९ हजार ६ सय ६७ जनाले अनुदान सम्झौता गरेका थिए ।

जसमा ९९ प्रतिशत अर्थात् ८ लाख २८ हजार ६ सय ६३ जनाले पहिलो किस्ता लिएका छन् । त्यस्तै ७ लाख ५० हजार ४ सय ५९ जनाले दोस्रो किस्ता लिए भने ७ लाख ३ हजार ३ सयले तेस्रो किस्ता लिएका छन् ।

यसमा दोस्रो र तेस्रो किस्ता लिन बाँकी लाभग्राहीको संख्या ७८ हजार ३ सय रहेको छ भने ४७ हजार १ सय ५२ लाभग्राहीले तेस्रो किस्ता लिन बाँकी छ ।

प्राधिकरणका अनुसार हालसम्म पुनर्निर्माण सम्पन्न र काम भइरहेको निजी आवासको संख्या ७ लाख ५८ हजार ७ सय ९३ रहेको छ । यो भनेको ९१ प्रतिशत हो । अब निजी आवास पुनर्निर्माणको काम ८.५४ प्रतिशत बाँकी छ ।

त्यस्तै ६ हजार ६४७ (८७.६६ प्रतिशत) विद्यालय भवन पुनर्निर्माण गरिएको छ । ७० वटा विश्व विद्यालय तथा आंगिक क्याम्पसका भवनहरु मध्ये १० (१४.२८ प्रतिशत), १ हजार १६४ स्वास्थ्य संस्थामध्ये ७५१ (६४.५२ प्रतिशत) सम्पन्न भएका छन् ।

त्यसैगरी सुरक्षा निकायका भवनहरु शत प्रतिशत सम्पन्न भइसकेका छन् । सरकारी भवन ९३.७२ प्रतिशत, पुरातात्विक सम्पदा ६३.७० प्रतिशत र गुम्बाको पुनर्निर्माण २८.७६ प्रतिशत सम्पन्न भएको छ ।

सडकतर्फको काम ८५ प्रतिशत, सडक पुलतर्फ ६० प्रतिशत र एकीकृत बस्ती विकास तथा सुधार तर्फ ५८.४९ प्रतिशत काम सम्पन्न भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

पुनर्निर्माणको प्रगति (२०७८ असार ३१)

पुनर्निर्माण लाभग्राही

अनुदान सम्झौता गरेका लाभग्राहीः ८,२९,६६७
पहिलो किस्ता लिएका लाभग्राहीः ८,२८,७६३ (९९.८९ प्रतिशत, अनुदान सम्झौताका आधारमा)
दोस्रो किस्ता लिएका लाभग्राहीः ७,५०,४५९ (९०.४५ प्रतिशत)
तेस्रो किस्ता लिएका लाभग्राहीः ७,०३,३०७ (८४.७७ प्रतिशत)

विद्यालय भवन

लक्ष्य – ७५५३
पुनर्निर्माण सम्पन्न – ६,६४७ (८७.६६ प्रतिशत)
पुनर्निर्माण जारी – ९३६ (१२.३४ प्रतिशत)

स्वास्थ्य संस्थाका भवन

लक्ष्य – ११९७
पुनर्निर्माण सम्पन्न – ७५१ (६४.५२ प्रतिशत)
पुनर्निर्माण जारी – ३५४ (३०.४१ प्रतिशत)

साँस्कृतिक सम्पदा

लक्ष्य – ९२०
पुनर्निर्माण सम्पन्न – ५८६ (६३.७० प्रतिशत)
पुनर्निर्माण जारी – १९५ (२१.२० प्रतिशत)

सरकारी भवन

लक्ष्य – ४१५
पुनर्निर्माण सम्पन्न – ३८८ (९३.७२ प्रतिशत)
पुनर्निर्माण जारी – २० (४.८३ प्रतिशत)

सुरक्षा निकायका भवन

लक्ष्य – २१६
पुनर्निर्माण सम्पन्न – २१६ (१०० प्रतिशत)

 

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ५ : ५४ बजे

विशेष आर्थिक क्षेत्र दोमिल्लामा बहुउद्देश्यीय योग भवन निर्माण ९० प्रतिशत सकियो

कञ्चनपुर– कृष्णपुर नगरपालिका-१ दोमिल्लामा योग भवन निर्माण अन्तिम चरणमा पुगेको

अफगानिस्तानको जलालाबादमा ट्रक दुर्घटना, १८ जनाको मृत्यु

एजेन्सी– पूर्वी अफगानिस्तानमा शनिबार एउटा ट्रक पल्टिएर दुर्घटना हुँदा ट्रकमा

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा

म्यान्माका राष्ट्रपति भारत भ्रमणमा

एजेन्सी– म्यान्माका राष्ट्रपति मिन आङ ह्लाइङ राष्ट्रपति बने पछि पहिलो

भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु

राजविराज– जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१, भारदहमा आज केरा बगानमा करेन्ट