धादिङका साना किसान तथा व्यवसायीहरुलाई मेगा बैंकको सहुलियत कर्जा « Khabarhub

धादिङका साना किसान तथा व्यवसायीहरुलाई मेगा बैंकको सहुलियत कर्जा


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मेगा बैंक नेपाल लिमिटेडले धादिङका साना किसान तथा लघु उद्यमीहरुलाई कृषि तथा लघु उद्यमी कर्जा प्रदान गर्ने भएको छ ।

मेगा बैंक नेपाल लिमिटेड, त्रिपुरासुन्दरी गाउँपालिका, मेगा क्यापिटल मार्केटस् लिमिटेड र धादिङ उद्योग वाणिज्य संघबीच सहुलियत कर्जा सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार, त्रिपुरासुन्दरी गाउँपालिकाका साना किसान तथा लघु उद्यमी तथा व्यवसायीहरुलाई कृषि तथा लघु व्यवसाय स्थापना तथा संचालनका लागि मेगा बैंकले त्रिपुरासुन्दरी गाउँपालिका, धादिङस्थित शाखा कार्यालयवाट सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ । कर्जाका लगानीका लागि त्रिपुरासुन्दरी गाउँपालिकाले लक्षित साना किसान तथा लघु ब्यवसायीहरुलाई बैंक समक्ष सिफारिस गर्नेछ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा मेगा बैंकका प्रमुख लघु तथा कृषि कर्जा पुण्यप्रसाद खनियाले साना किसान तथा लघु व्यवसायीहरुलाई मेगा बैंकको त्रिपुरासुन्दरी गाउँपालिकास्थित शाखाबाट छिटो तथा छरितो ढंगले सहुलियतपूर्ण कर्जा प्रदान गरिने बताए । मेगा बैंकले स्थापनाकालदेखि नै ‘हलोदेखि हाइड्रोसम्म’ भन्ने नाराका साथ विपन्न वर्गलाई प्राथमिकतामा राखी बैंकिङ्ग सेवा सर्वसुलभ गराउँदै आइरहेको बताउँदै उनले साना किसान तथा लघु व्यवसायीहरुलाई वित्तीय साक्षरताका साथै आधुनिक बैंकिङ्ग सेवामा आबद्ध गराउने जानकारी पनि दिए ।

यसैगरी, त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भु कुमार थापाले मेगा बैंकले महिला तथा विपन्न वर्गका समुदायलाई प्राथमिकताका साथ कृषि, लघु तथा साना कर्जा प्रवाह गर्दै आएकोले आफूहरुले सहकार्य गरेको बताए । मेगा बैंकको सहुलियतपूर्ण कर्जा सहायताले साना किसान तथा लघु उद्यमीहरुलाई थप आत्मबल प्रदान गर्नुका साथै व्यवसाय सञ्चालनमा मद्दत मिल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा मेगा क्यापिटल मार्केटस् लिमिटेड र धादिङ उद्योग बाणिज्य संघका प्रतिनिधिरुले यस किसिमका कर्जा प्रवाह गर्ने क्रममा लक्षित वर्गको पहिचानका साथै व्यवसायिक योजना तयार गर्न साना किसान तथा उद्यमीहरुलाई सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ५ : ५५ बजे

ट्रमा सेन्टरको क्षमता बढाउने बागमती सरकारको घोषणा

काठमाडौं– बागमती प्रदेश सरकारले सवारी दुर्घटनापछि घाइतेको उपचारलाई सहज बनाउन

विपद् तयारीका लागि साढे दुई करोडभन्दा बढीका उपकरण हस्तान्तरण

हेटौँडा– बागमती प्रदेश सरकारले विपद्को पूर्वतयारीलाई सुदृढ बनाउन नेपाली सेना,

पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

ढोरपाटन– पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ

तीन महिनाभित्र वधशाला ऐन कार्यान्वयन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं- कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले तीन महिनाभित्र पशु वधशाला

भेनेजुएला भूकम्प अपडेट : मृतकको सङ्ख्या चार हजार पुग्यो

एजेन्सी– भेनेजुएलामा आएको दोहोरो विनाशकारी  भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या