एमालेका कारण बजेट पारित नभएको भन्ने भ्रम छरियो : एमाले « Khabarhub

एमालेका कारण बजेट पारित नभएको भन्ने भ्रम छरियो : एमाले


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकार समयमै बजेट पारित गर्न नलगानी एमाले फुटाउन अग्रसर भएकाले अहिलेको वित्तिय संकट आएको बताएको छ । एमाले महासचिब ईश्वर पोखरेलले बुधबार एक विज्ञप्ति जारी गर्दै एमाले नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट पारित गर्नेतर्फ नलागी देउवा सरकारले दल विभाजनका लागि हठात संसदको अधिवेशन अन्त्य गरेको भन्दै यो सरकार बजेप्रति उदासिन रहेको आरोप लगाएका छन् ।

उनले एमाले विभाजनका लागि अध्यादेश ल्याउन संसद अधिवेशन अन्त्य गरिएको र अहिले कारबाही गरिसकेका १४ जना सांसदलाई पदमुक्त नगरेर सभामुखले एमाले विभाजनलाई प्रोत्साहन गरेको आरोप लगाएका छन् । यो असहज परिस्थितिका कारण अहिले संसद चल्न नदिइएको उनको टिप्पणी छ ।

सरकार भने अहिले प्रतिपक्षीका कारण बजेट पारित हुन नसकेको भ्रम सिर्जनामा लागेको भन्दै आपत्ति प्रकट गरेका छन् । भदौ ३० गते भित्र बजेट पारित गर्नुपर्ने जान्दाजान्दै असोज ४ गतेसम्म प्रतिनिधिसभा बैठक स्थगित किन गरियो भन्दै उनले प्रश्नसमेत गरेका छन् ।

अध्यादेशमार्फत राजनीतिक दल सम्बन्धी ऐन संशोधन गरिएपछि एमाले विभाजन भएको छ । एमाले विभाजनपछि बोलाइएको संसदको अधिवेशनले सहज रुपमा काम गर्न पाएको छैन । एमालेले लगातार संसद अवरोध गर्दै आएको छ । जसका कारण सरकारले ल्याएको बजेट अध्यादेश प्रतिस्थापन विधयेक पारित हुन नसकेपछि हाल देश बजेटविहीन अवस्थामा पुगेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ६ : १९ बजे

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको