सहरी क्षेत्रका विद्यालय दशैँपछि खोल्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव « Khabarhub

सहरी क्षेत्रका विद्यालय दशैँपछि खोल्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यका लगायत सहरी क्षेत्रका विद्यालय दशैँपछि मात्र खोल्ने प्रस्ताव गरेको छ ।

बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय,कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र अभिभाव महासंघ सहितको बैठकमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले उक्त प्रस्ताव गरेका हुन् ।

दशैँ आउन धेरै दिन बाँकी नरहेकोले अहिलेदेखि विद्यालय खोल्न सक्ने बातावरण निर्माण गर्ने र दशैँ लगत्तै विद्यालय खोल्न प्रस्ताव स्वास्थ्य मन्त्रालयले गरेको सीसीएमसीका प्रमुख बालानन्द शर्माले बताए ।

स्मार्ट लकडाउन कार्यविधि अनुसार विद्यालय खोल्ने किन नखोल्ने भन्ने विषयको निर्णय गर्ने अधिकार स्थानीय तहलाई भएकाले काठमाडौँ उपत्यकाका तीन जिल्ला प्रमुख, मेयर तथा उपमेयरहरुले छलफल गरेर निर्णय गर्ने उनले बताए । त्यसका लागि स्वास्थ्य मन्त्रालयमा बिहीबार बैठक बोलाइएको छ ।

उनले भने, ‘विद्यालय सञ्चालन गरेपछि कोरोनाबाट बच्ने न्यूनतम मापदण्ड पुरा गर्नुपर्छ तर हाम्रा विद्यालयहरु कोरोनामैत्री छैनन् र हामीले कोरोना आउँछ भनेर पनि कक्षा कोठा निर्माण गरेका होइनौँ ।’

उनका अनुसार कोरोनाको स्वास्थ्य मापदण्ड अनुसार सामान्य अवस्थामा ४० जना विद्यार्थी राख्ने कक्षा कोठमा अब १० जना राख्नुपर्छ ।

काठमाडौँमा अहिले पनि कुनै स्थानीय तह रेड जोन र कुनै गाढा पहेँलो रहेकाले तत्काल विद्यालय सञ्चालन नगरौँ भन्ने धेरैको धारणा रहेको उनले बताए ।

त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले ‘स्मार्ट लकडाउन कार्यविधि’ र ‘विद्यालय सञ्चालन कार्यविधि २०७७’ अनुसार विद्यालय खोल्नुपर्ने धारणा आफुहरुले राखेको बताए ।

उनले भने, ‘विद्यालय सञ्चालनको जिम्मा स्थानीय तहलाई भएकाले उनीहरुले आफुअनुकल विद्यालय सञ्चालन गर्न सक्छन् ।’

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले केही दिनका लागि विद्यालय खोल्न नहुने बताए ।

धेरै विद्यार्थीहरु अहिले पनि गाउँमै रहेको र दशैँमा पनि धेरै विद्यार्थी र उनीहरुका अभिभाव गाउँ जाने भएकाले दशैँपछि विद्यालय खोल्नु उत्तम रहने उनको भनाइ छ ।

अझै पनि सहरी क्षेत्रमा कोरोना संक्रणको जोखिम हटि नसकेकाले दशैँसम्म कोरोनाको अवस्थालाई हेर्नुपर्ने उनले बताए । जनस्वास्थ्य विज्ञको सल्लाह र स्मार्ट लकडाउनका आधारमा विद्यालय सञ्चालन गर्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ६ : ३३ बजे

नेकपाले समानुपातिकमा सबै नयाँ अनुहार पठाउने, पूर्वसांसद र मन्त्रीलाई नराख्‍ने

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिक सूचीमा नयाँ अनुहारलाई

मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

मुस्ताङ – यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले

सिंहदरबार जलेको फोटो राख्दै शंकर पोखरेल लेख्छन्– यो विध्वंसका योजनाकारलाई बिर्सने छैनौं

काठमाडौं – नेकपा (एमाले) महासचिव शंकर पोखरेलले सिंहदरबार जलेको तस्बिर

सामूहिक अलैँची खेतीबाट एउटै टोलको आम्दानी एक करोड १७ लाख

काठमाडौं – संखुवासभाको एउटै गाउँका किसानले अलैँची खेतीबाट एक करोड