नेपाली कांग्रेस (बीपी)को विशेष महाधिवेशन शुरु « Khabarhub

नेपाली कांग्रेस (बीपी)को विशेष महाधिवेशन शुरु


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस (बीपी) को पहिलो विशेष महाधिवेशन काठमाडौँमा शुरु भएको छ । विसं २०७२ भदौ २४ मा स्थापना भएको सो पार्टीकोे पहिलो विशेष महाधिवेशन आजदेखि काठमाडौँमा शुरु भएको हो ।

महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेपाली कांग्रेसका नेता एवं पूर्व सभामुख दमननाथ ढुङ्गानाले नेपालको प्रजातान्त्रिक आन्दोलनका नेता एवं समाजवादका प्रवर्तक जननायक विश्वेश्वरप्रसाद कोइरालाका विचारलाई जनस्तरमा पु¥याए समृद्ध समाज निर्माण गर्न सकिने बताए ।

“बिपी कोइरालाले अगाडि सार्नुभएको राष्ट्रियता, प्रजातन्त्र र समाजवादमार्फत् समृद्ध नेपालको परिकल्पनालाई साकार बनाउन नेपाली कांग्रेस बिपी लाग्ने मैले विश्वास लिएको छु,” उनले भने ।

(नेकपा एमाले)का नेता एवं सांसद कृष्णभक्त पोखरेलले बिपी कोइराला ठूलो विचारक भएको बताए ।

“बिपी कोइरालाको प्रथम जननिर्वाचित दुई तिहाइको सरकारदेखि अहिलेसम्म दुई तिहाइका सरकार विभिन्न कारणले ढल्दा देशले विकासको फड्को मार्न सकेन, यो मुलुकका लागि दुर्भाग्य हो,”उनले भने । लोकतान्त्रिक समाजवादी पार्टीका सहमहामन्त्री डा सुरेन्द्र झाले विभिन्न राजनीतिक दलले आफ्नो महाधिवेशन समयमा गराउन नसकेको वर्तमान अवस्थामा नेपाली कांग्रेस बिपीले आफ्नो विशेष महाधिवेशन समयमा गराएर उदाहरणीय काम गरेको बताए ।

“बिपी कोइरालाले अगाडि सार्नुभएको राष्ट्रिय मेलमिलापको नीति अहिलेसम्म पनि नेपाली राजनीतिमा उत्तिकै सान्दर्भिक रहेको छ,”उहाँले भने, “नेपाली कांग्रेस बिपीले पुरातनवादी सोचलाई त्यागेर नयाँ सोच र विचारका साथ अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।”

नेपाली कांग्रेस बिपीका सभापति हरिबोल भट्टराईले गौरवपूर्ण इतिहास बोेकेको मुलुकको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसले बिपी कोइरालाले देखाउनुभएको बाटो बिराएकाले आफूहरु वैकल्पिक शक्ति निर्माणमा लाग्नुपरेको बताए ।

“राष्ट्रियताको रक्षा, प्रजातान्त्रिक हकअधिकार र आर्थिक विकासका लागि नेपाली कांग्रेस बिपीले आगामी दिन आफ्नो कार्यदिशा तय गर्नेछ,”– उनले भने ।

नेपाली कांग्रेस बिपीका उपसभापति झलकनाथ वाग्ले, महामन्त्रीद्वय सुशीलमान शेरचन र पुष्प पराजुली, कार्यालय सचिव सुशील वाग्लेलगायतले समावेशी सिद्धान्तको मर्मलाई पूर्णरुपमा आत्मासाथ गर्दै नेपाली कांग्रेस बिपी अगाडि बढ्ने बताएका थिए ।

तीन दिन चल्ने यस महाधिवेशनले सभापति एक, वरिष्ठ उपसभापति एक, महामन्त्री एक, सहमहामन्त्री एक र २१ केन्द्रीय सदस्य निर्वाचित गर्नेछ । यस महाधिवेशनमा देशभरका ५० जिल्लाका झण्डै ५०० महाधिवेशन प्रतिनिधि सहभागी हुने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ९ : १५ बजे

विपद् तयारीका लागि साढे दुई करोडभन्दा बढीका उपकरण हस्तान्तरण

हेटौँडा– बागमती प्रदेश सरकारले विपद्को पूर्वतयारीलाई सुदृढ बनाउन नेपाली सेना,

पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

ढोरपाटन– पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ

तीन महिनाभित्र वधशाला ऐन कार्यान्वयन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं- कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले तीन महिनाभित्र पशु वधशाला

भेनेजुएला भूकम्प अपडेट : मृतकको सङ्ख्या चार हजार पुग्यो

एजेन्सी– भेनेजुएलामा आएको दोहोरो विनाशकारी  भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

काठमाडौं– निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त