अमेरिकाबाट कटवालले भने — नेपाल विश्वका हिन्दूहरूको श्रद्धाकेन्द्र « Khabarhub

अमेरिकाबाट कटवालले भने — नेपाल विश्वका हिन्दूहरूको श्रद्धाकेन्द्र


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानका राष्ट्रिय संयोजक एवं पूर्व प्रधान–सेनापति, रुक्माङ्गद कटवाल हाल अमेरिकाको भ्रमणमा छन् ।

हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानको भदौ ३ गते विधिवत उद्घाटन भएपश्चात् अमेरिका भ्रमणमा रहेका कटवालले अमेरिकामा रहेका हिन्दूहरूलाई यही भदौ २८ गते नर्थ क्यारिलिनामा सम्बोधन गर्दै भनेका छन्, “नेपाल सनातन–कालदेखि एउटा विशिष्ट हिन्दू जीवन पद्धतिमा आफूलाई स्थापित गर्दै आएको छ । र, त्यो जीवन पद्धति नै नेपालको संस्कृति हो ।”

सामाजिक, साँस्कृतिक एवं आध्यात्मिक आधारमै पनि नेपाल हिन्दू राष्ट्र रहेको उल्लेख गर्दै उनले भने, “लाखौँ मन्दिरहरू, देवालय, शक्ति पीठ, पवित्र कुलपर्वत– हिमालयले सुशोभित राष्ट्रका पावन नदीहरूको कलकल निनादसँगै यहाँका नागरिकहरूले पनि निरन्तर ‘सर्वे भवन्तु सुखिनः’ भनी विश्व कल्याणको विचार प्रवाह गरिरहेका छन् । यो ऋषि भूमि हो, वेद भूमि हो । हाम्रा ऋषि महर्षिहरूले वसुधैव कुटुम्बकम् भनी विश्वलाई एउटा परिवारका रूपमा हेर्ने दृष्टिकोण दिए ।”

विश्वमा अनेकौ इसाई र मुसलमान देश भइरहँदा नेपाललाई विश्वकै १.३ अर्ब हिन्दूले गर्व गर्नसक्ने विश्वको एकमात्र हिन्दूराष्ट्र बनाउन विश्वका हिन्दूहरू एकजुट हुनपर्ने र त्यसका लागि सबै राष्ट्रले सहयोग पनि गर्नुपर्ने उनको आग्रह रहेको थियो ।

हिन्दू स्वयंसेवक अमेरिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको संयोजक नेपालको कपिलवस्तु घर भइ हाल अमेरिका बसोवास गदै आएका डा. दशरथ लोहारले गरेका थिए ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ८ : १५ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन