अमेरिकाबाट कटवालले भने — नेपाल विश्वका हिन्दूहरूको श्रद्धाकेन्द्र « Khabarhub

अमेरिकाबाट कटवालले भने — नेपाल विश्वका हिन्दूहरूको श्रद्धाकेन्द्र


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानका राष्ट्रिय संयोजक एवं पूर्व प्रधान–सेनापति, रुक्माङ्गद कटवाल हाल अमेरिकाको भ्रमणमा छन् ।

हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानको भदौ ३ गते विधिवत उद्घाटन भएपश्चात् अमेरिका भ्रमणमा रहेका कटवालले अमेरिकामा रहेका हिन्दूहरूलाई यही भदौ २८ गते नर्थ क्यारिलिनामा सम्बोधन गर्दै भनेका छन्, “नेपाल सनातन–कालदेखि एउटा विशिष्ट हिन्दू जीवन पद्धतिमा आफूलाई स्थापित गर्दै आएको छ । र, त्यो जीवन पद्धति नै नेपालको संस्कृति हो ।”

सामाजिक, साँस्कृतिक एवं आध्यात्मिक आधारमै पनि नेपाल हिन्दू राष्ट्र रहेको उल्लेख गर्दै उनले भने, “लाखौँ मन्दिरहरू, देवालय, शक्ति पीठ, पवित्र कुलपर्वत– हिमालयले सुशोभित राष्ट्रका पावन नदीहरूको कलकल निनादसँगै यहाँका नागरिकहरूले पनि निरन्तर ‘सर्वे भवन्तु सुखिनः’ भनी विश्व कल्याणको विचार प्रवाह गरिरहेका छन् । यो ऋषि भूमि हो, वेद भूमि हो । हाम्रा ऋषि महर्षिहरूले वसुधैव कुटुम्बकम् भनी विश्वलाई एउटा परिवारका रूपमा हेर्ने दृष्टिकोण दिए ।”

विश्वमा अनेकौ इसाई र मुसलमान देश भइरहँदा नेपाललाई विश्वकै १.३ अर्ब हिन्दूले गर्व गर्नसक्ने विश्वको एकमात्र हिन्दूराष्ट्र बनाउन विश्वका हिन्दूहरू एकजुट हुनपर्ने र त्यसका लागि सबै राष्ट्रले सहयोग पनि गर्नुपर्ने उनको आग्रह रहेको थियो ।

हिन्दू स्वयंसेवक अमेरिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको संयोजक नेपालको कपिलवस्तु घर भइ हाल अमेरिका बसोवास गदै आएका डा. दशरथ लोहारले गरेका थिए ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ८ : १५ बजे

एमालेको ११ औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित, भदौ २३–२४ का घटनाको निष्पक्ष छानबिन गर्न माग

काठमाडौं- नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनले राष्ट्रिय स्वाधीनता,

ओलीको उद्घोष : पार्टीलाई एकताबद्ध गरेर निर्णायक राष्ट्रिय शक्ति बनाउँछु

काठमाडौं- नेकपा एमालेका तेस्रो कार्यकाल अध्यक्ष भएका केपी शर्मा ओली

चलचित्र ‘कुमारी’को ‘तिमी बिना’ सार्वजनिक

काठमाडौं – माघ २३ लाई प्रदर्शन मिति तोकिएको फिल्म ‘कुमारी’को

वीरेन्द्रनगरकी मेयर ढकाल दोस्रोपटक केन्द्रीय सदस्य निर्वाचित

काठमाडौं- नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट कर्णाली प्रदेशको राजधानी

रवि छुट्ने भएपछि नख्खु कारागारमा कार्यकर्ताको भीड (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतले रिहा गर्ने