यस्तो छ दशैँमा लगाइने टीका र जमराको महत्त्व !  « Khabarhub

यस्तो छ दशैँमा लगाइने टीका र जमराको महत्त्व ! 


२९ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निलो र सफा आकाश । तालु पोल्ने घाम । वर्खा सकिएर भर्खरै सुकिलो बनेका बाटोहरू । ऋतुले नै दसैँ बोलाएको जस्तै ।

खुलेको आकाश । खेतमा लहलह धानका बाला । बारी भरी कोदाको कपानी अनि फुल्नै लागेका सयपत्रीका गुच्छाहरू । साँच्चि नयाँ ऋतु र दसैँ मनाउने महिना पनि रमाइलो छ । कवि शिरोमणि लेखनाथ पौडेलले कवितामार्फत व्यक्त गरेका छन्– ‘हट्यो सारा हिलो मैलो हरायो पानीको वर्षा, भवानीको भयो पूजा आनन्दको वर्षा ।’ दसैँलाई नेपालीहरूले राष्ट्रिय तथा महान् पर्वका रूपमा मनाउँदै आइरहेका छन् ।

वसन्त ऋतु सकिएसँगै शरद ऋतुको सुरुवातमा पर्छ दसैँ । अहिले देशदेखि विदेशसम्मका मानिसहरू वडा दसैँको शुभकामना आदानप्रदान गरिरहेका छन् । राजतन्त्रको अन्त्यसँगै वि.स. २००७ सालपछि राष्ट्रका प्रमुखले विजयादशमीको शुभकामना दिन थालेको संस्कृतविद् सत्यमोहन जोशी बताउँछन् । ‘बर्मामा बसेका नेपाली मूलका नेपालीहरूलाई पनि जसको जन्मभूमि र कर्मभूमि बर्मा भए पनि पितृ भूमि पनि बर्मा भए पनि उसको पुर्खौली नाताले नेपाली’ उनले भने ‘त्यस कारण दसैँ सबैका निम्ति प्रिय हो ।’

नेपालमा भने पुर्खौली, कुल वंश र वर्तमानका रूपमा पनि दसैँको निकै महत्त्व रहेको जोशीको भनाइ छ । उनका अनुसार दसैँ भनेको नेपालभित्र रहेका नेपालीहरूका लागि मात्र होइन विश्वका जुनसुकै देशमा छरिएर रहेका नेपालीहरूका लागि महान् पर्व हो । दसैँको महत्त्व वर्ष दिनमा आफन्त, इष्ट मित्रबिच सौहाद्रपुर्ण सम्बन्ध स्थापित गर्ने मेलोका रूपमा पनि लिइन्छ दसैँलाई ।

अझ भन्नुपर्दा दसैँले ठुलाबडा, मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने सिकाउँछ । सोह्र श्राद्ध सुरु भएसँगै पितृलाई सम्मान स्वरूप श्राद्ध गर्ने गरिन्छ । सोह्र श्राद्धको अन्त्यसँगै नौरथा सुरु हुन्छ । जसलाई घटस्थापना पनि भनिन्छ । दसैँमा विशेष गरी दुर्गाको पूजा गरिन्छ ।

दुर्गालाई शक्तिकी प्रतिकका रूपमा पनि लिइन्छ । टीका र जमराको महत्त्व परम्पराअनुसार फरक रङका टीका हरेकका निधारमा देखिन्छन् विजयादशमी अर्थात् टीकाका दिन । दशमीमा टीकाको निकै महत्त्व रहेको संस्कृतिविद्हरूको भनाइ छ । दुर्गा भगवतीलाई  मन पर्ने भएकाले जमराको रूपमा जौंको प्रयोग गरिने प्रचलन पनि छ ।

आफ्नो घर सधैँ प्यारो हुन्छ । परिवार र मान्यजनका हातबाट टीका थाप्नु सौभाग्यको कुरा पनि हो । निधारमा रातो टीका पुरुषले शिरमा ढाकाको टोपी र कानमा जमरा सिउरिन्छन् । त्यस्तै महिलाहरूले चुल्ठीमा जमरा राखेर पिङ खेल्न हिँड्ने गर्छन् ।

जमराले नेपालीको धार्मिक आस्था र सांस्कृतिक महत्त्वलाई झल्काउँछ । अन्य समयमा निधारमा टीका लगाउँदा विभिन्न प्रकारका मौसमी फुलहरू प्रयोग गरिए पनि दसैँमा अधिकांशले जमराकै प्रयोग गर्छन् । त्यस कारण पनि दसैँमा टीका र जमराको महत्त्व उत्तिकै छ ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ११ : ०० बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल