दुर्लभ सानो खैरो गिद्धको अनुसन्धान « Khabarhub

दुर्लभ सानो खैरो गिद्धको अनुसन्धान


२९ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र वरपरका क्षेत्रमा रहेका विश्वमै दुर्लभ मानिएको सानो खैरो गिद्धको अनुसन्धान गरिएको छ ।

शुक्लाफाँटा नगरपालिका–३ मा आएको विदेशी अनुसन्धान टोलीले दुई दिन गिद्धको अवस्थाबारे अनुसन्धान  गरेको हो ।

जर्मनका ट्रोस्टेन प्रोहेल र क्याट्रिन प्रोहेलसहित सौराहास्थित चितवन राष्ट्रिय निकुञ्जका नेचर गाईड यमनारायण महतोको टोलीले उक्त गिद्धको बासस्थान, आहारा र सङ्ख्याबारे अनुसन्धान गरी बिहीबार फर्किएको शुक्लाफाँटाका नेचर गाइड सुमन चौधरीले बताए ।

‘अनुसन्धानकर्ता विदेशी पाहुनको टोली खयरकन्द्रा सामुदायिक घरवास (होमस्टे)मा दुई दिन बसेर निकुञ्जको मध्यवर्ती क्षेत्रमा अनुसन्धान गरी फर्किएको छ’, उनले भने, ‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र त्यसको वरपरका सामुदायिक वनमा सानो खैरो गिद्धको बासस्थान रहेको छ ।’

सुरुका दिनमै सानो खैरो गिद्ध देख्न पाए पछि उत्साहित भएका उनीहरूले यसको संरक्षणका लागि सम्बद्धपक्षले चासो दिनुपर्ने नेचर गाईड चौधरीले बताए । अनुसन्धानकर्ताले निकुञ्जको मध्यवर्ती क्षेत्रमा प्रकृति, पन्छी र मानवबीच घनिष्ट सम्बन्ध रहेको र यस्तो सम्बन्ध नेपालभरको बसाईमा अन्त देख्न नपाएको बताएका थिए ।

उक्त टोलीले चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी, दाङ, बर्दिया, कैलाली, कञ्चनपुरलगायत नेपालको हिमाली क्षेत्र मध्यपोखरा र मुस्ताङसम्म पुगेर पनि अनुसन्धान गर्ने बताइएको छ । उक्त गिद्ध नेपाललगायत दक्षिणपूर्वी एशियामा पाइने गरेको छ । यस प्रजातिका गिद्ध ३५० मिटरदेखि एक हजार ५२५ मिटरसम्मको उचाइमा पाइने गर्दछ ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ८ : १९ बजे

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड

ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ

काठमाडौं – नेपाल प्रहरीले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अश्लिल

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

गोरखा – पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति

फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग र आन्तरिक राजस्व विभागका

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी