गरुड पुराण अनुसार यी ६ काम महापाप हुन् « Khabarhub

गरुड पुराण अनुसार यी ६ काम महापाप हुन्


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गरुड पुराणमा जीवन र मृत्युसङ्ग जोडिएका सम्पूर्ण रहस्यका बारेमा बताइएको छ । धर्म शास्त्र अनुसार गरुड पुराणमा बताइएका कुरा भगवान् विष्णुद्वारा भनिएको हो। यस पुराणका अनुसार व्यक्तिले आफ्नो कर्मका हिसाबले फल पाउँछ ।

यदि कुनै व्यक्तिले कुनै यस्तो काम गर्दछ, जो महापापमा पर्दछ भने उसले केवल जिउँदैमा नर्क समान जीवन जिउनु पर्दछ । साथै मृत्युपछि पनि नर्कमा विभिन्न कष्ट–यातना भोग्न पर्दछ । शास्त्र अनुसार मानिसले गरुड पुराणमा बताइएका ६ महापाप गर्नु हुँदैन ।

यी हुन् महापाप मानिएका काम

– कुनै पनि महिलाको अपमान गर्नु पाप हो, तर गर्भवती स्त्रीको अपमान गर्नु वा ऊसँग अनैतिक काम गर्नु महापाप हो । यस्ता काम गर्ने मानिसले जिउँदैमा नर्क समान जीवन जिउनु पर्ने धार्मिक विश्वास छ ।

– गर्भमा रहेको शिशु, गर्भवती महिला वा नवजात शिशुको हत्या गर्नु पनि महापाप हो । गरुड पुराण अनुसार यस्तो पाप गर्ने मानिसले अयत्न कष्ट र यातना भोग्नु पर्दछ ।

– हाडनाता, मित्रकी पत्नीका साथ अनैतिक काम गर्नु पनि महापापको श्रेणीमा पर्दछ । यस्ता मानिसले पनि नर्कमा कष्ट भोग्नु पर्ने गरुड पुराणको मान्यता छ ।

– वृद्ध, असहाय, विधवा वा अपाङ्गको मजाक उडाउने, उनीहरूलाई कष्ट दिने वा उनीहरूका साथ गलत काम गर्ने व्यक्तिले पनि नर्कमा कठोर सजाय भोग्नुपर्ने मान्यता छ ।

– कुनै धर्म ग्रन्थ, मन्दिर वा भगवान्को अपमान गर्ने व्यक्तिले नर्क पाउने मान्यता छ ।

– अपाङ्ग, विधवाको धन लुट्नु महापाप मानिएको छ । यसो गर्ने व्यक्तिले जिन्दगीमा दुख र समस्या झेल्नुपर्ने र मृत्युपछि नर्क भोग्नुपर्ने गरुड पुराणको मान्यता छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ६ : २२ बजे

इरान–अमेरिका तनाव चर्किँदा इन्धनको मूल्यमा उच्च वृद्धि

एजेन्सी– इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा बढी

रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन 

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा शान्तिको

महिलाले राजविराज अस्पतालबाहिर बच्चा जन्माएकोबारे स्वास्थ्यमन्त्री : लापरबाही देखिए कडा कारबाही गरिन्छ

काठमाडौं- राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै महिलाले बच्चा जन्माएको

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,

इरान-अमेरिका तनाव चुलिँदा इन्धनको मूल्यमा चर्को वृद्धि

वाशिङ्टन डीसी- इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा