स्कुल बसमा आगलागी « Khabarhub

स्कुल बसमा आगलागी


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – बेंसीसहर नगरपालिका-७, मा सञ्चालित ल्याण्डस्टार आवासीय माध्यमिक विद्यालयको बसमा आगलागी भएको छ ।

पार्किङ गरेर राखिएको ग१क २८२५ को बसमा आइतबार दिउँसो एक्कासी आगो लागेको प्रहरीले जनाएको छ । ल्यान्डस्टारद्वारा संचालित किड जोन मन्टेश्वरीको अगाडि क्षेत्रमा पार्किङमा राखेको बसको इन्जिनबाट आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जगदीश रेग्मीका अनुसार बसमा आगो लागेको जानकारी आएपछि प्रहरी खटिएको थियो । प्रहरी, स्थानीय, शिक्षक, अभिभावक, विद्यार्थी मिलेर आगो नियन्त्रणमा लिन सफल भएको उनले बताए ।

उनका अनुसार सवारी चालकको सिटमुनी इन्जिनबाट एक्कासी आगो निस्केको देखिएको छ । बसको बाहिरी भागमा खासै असर नपरेको देखिए पनि भित्रपट्टी अगाडिको ईन्जिन भएको ठाउँमा क्षति भएको उनले बताए । प्रिन्सिपल ईश्वर पौडेलले बसको इन्जिनमा क्षति पुगेको बताए । प्रहरी, शिक्षक, अभिभावक, विद्यार्थी, स्थानीय सबै मिलेर आगो निभाएको उनले बताए ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ८ : २८ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा