कुवेतमा मृत भेटिएकी नेपाली महिलाको पहिचान खुल्यो  « Khabarhub

कुवेतमा मृत भेटिएकी नेपाली महिलाको पहिचान खुल्यो 


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत रही बाथरुममा मृत फेला परेकी नेपाली महिलाको पहिचान खुलेको छ ।

कुवेतको फरवानियास्थित एक घरको बाथरुममा मृत फेला परेकी ३२ वर्षीया ती नेपाली महिला लमजुङकी मनमाया गुरुङ रहेको बताइएको छ।

कुवेत प्रहरीका अनुसार गुरुङले आफू बस्ने घरमा आफ्नै घाँटी रेटेर आत्महत्या गरेको जनाएको छ । मृतक गुरुङ गत बुधवार बाथरुममा ताला लगाएको अवस्थामा मृत भेटिएकी थिइन ।

घरमा सबै जना सुतेको मौका छोपेर रातिको करिब ३ बजेको समयमा उनले आत्महत्या गरेको सक्ने बताइएको छ । पछिल्लो समय उनी लामो समय देखि कम्पनीले तलब नदिएको गैर कानुनी रूपमा काम गर्दै आएकी थिइन् ।

उनको मृत्यु बारे कुवेतस्थित नेपाली दूतावासमा जानकारी आइसकेको जनाउँदै आवश्यक समन्वय तथा कानुनी प्रक्रिया पूरा गरी मृतकको शवलाई जतिसक्दो चाँडो नेपाल पठाइने दूतावास स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ९ : ५६ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी