कुवेतमा मृत भेटिएकी नेपाली महिलाको पहिचान खुल्यो  « Khabarhub

कुवेतमा मृत भेटिएकी नेपाली महिलाको पहिचान खुल्यो 


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत रही बाथरुममा मृत फेला परेकी नेपाली महिलाको पहिचान खुलेको छ ।

कुवेतको फरवानियास्थित एक घरको बाथरुममा मृत फेला परेकी ३२ वर्षीया ती नेपाली महिला लमजुङकी मनमाया गुरुङ रहेको बताइएको छ।

कुवेत प्रहरीका अनुसार गुरुङले आफू बस्ने घरमा आफ्नै घाँटी रेटेर आत्महत्या गरेको जनाएको छ । मृतक गुरुङ गत बुधवार बाथरुममा ताला लगाएको अवस्थामा मृत भेटिएकी थिइन ।

घरमा सबै जना सुतेको मौका छोपेर रातिको करिब ३ बजेको समयमा उनले आत्महत्या गरेको सक्ने बताइएको छ । पछिल्लो समय उनी लामो समय देखि कम्पनीले तलब नदिएको गैर कानुनी रूपमा काम गर्दै आएकी थिइन् ।

उनको मृत्यु बारे कुवेतस्थित नेपाली दूतावासमा जानकारी आइसकेको जनाउँदै आवश्यक समन्वय तथा कानुनी प्रक्रिया पूरा गरी मृतकको शवलाई जतिसक्दो चाँडो नेपाल पठाइने दूतावास स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ९ : ५६ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा