बार एशोसिएसनलाई वार्ताका लागि प्रधानन्यायाधीश राणाको आह्वान (भिडियोसहित) « Khabarhub

बार एशोसिएसनलाई वार्ताका लागि प्रधानन्यायाधीश राणाको आह्वान (भिडियोसहित)


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बार एशोसियसनलाई वार्ताका लागि आह्वान गरेका छन् ।

आफ्नो राजीनामा माग्दै तीन सातादेखि न्यायिक वृत्त आन्दोलित भइरहेका बेला राणाले सोमबार विज्ञप्ति जारी गर्दै वार्तामा आउन बार एशोसिएसनलाई औपचारिक रूपमा आग्रह गरेका छन् ।

विधिको पक्षमा कर्तव्य निर्वाह गर्ने सिलसिलामा यदाकदा प्रश्नहरू उठ्दा त्यसलाई तत्काल सम्बोधन गर्दै बार एसोसिएसन र न्यायपालिकाबीच हातेमालो हुने गरेको पनि उनले स्मरण गराएका छन् ।

‘पारस्परिकता र हार्दिकताको त्यो क्रम जहाँबाट टुटेको छ, त्यहिँबाट समाधानको सम्भावना खोज्न सकिन्छ । विधिको पक्षमा दृढतापूर्वक उभिँदै न्यायपालिकाको एकै परिवारभित्र देखिएका समस्याको हल गर्न विग्रहको बाटो छोडी संवादको मार्ग रोजौं भनी पुनः सबैमा हार्दिक आव्हान गर्दछु’, राणाले विज्ञप्तिमा भनेका छन् ।

प्रधानन्यायाधीशले विधिभन्दा बाहिरबाट न्यायपालिकालाई हिँडाउने प्रयासहरू कतैबाट हुँदा सम्पूर्ण न्यापालिका एकताबद्ध भएर सामना गर्दै आएको स्मरण गराएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘न्यायपालिकाले सधैँभरि विधिको बाटोमात्र हिँड्नुपर्दछ भन्ने मान्यतालाई आत्मसात गरेको हुन्छ । विधिभन्दा बाहिरबाट न्यायपालिकालाई हिँडाउने प्रयासहरू कहिँ कतैबाट हुँदा सम्पूर्ण न्यायपालिका एकताबद्ध भइ आवश्यक आत्मावलोकनसहित सामना गर्दै आएको छ ।’

बार १४ कात्तिकदेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलनरत छ ।

इजलास तोक्दा ‘अटोमेसन’ वा ‘गोलाप्रथा’ लागू गर्न अनिच्छा देखाएका जबराले न्याय निरूपण गर्दा ‘मोलहिज्जा’ गरेको, न्यायालय सुधारमा लाग्नको साटो सत्ता सञ्चालनमा समेत भागवण्डा खोजेर जेठानलाई नै मन्त्री बनाएको जस्ता आरोप लागेको छ । त्यसैको विरोधमा न्यायिक वृत्त नै जबराको विपक्षमा छ ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ११ : ३९ बजे

अष्टलक्ष्मी र सुरेन्द्रको प्रस्ताव : ७० वर्षे र दुई कार्यकाल लागू गरौँ, ओलीसहित हामी सबै वृद्ध हौँ

काठमाडौं– नेकपा एमालेको एघारौं महाधिवेशन अगाडि बसेको केन्द्रीय कमिटी बैठकमा

एमालेको ११औँ महाधिवेशन : अष्टलक्ष्मी शाक्यको फरक मत, विधान संशोधनको कडा विरोध

काठमाडौं– नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा जारी छ

याङ्गो राइडद्वारा आफ्नो एपभित्र नयाँ सुरक्षा सुविधा सार्वजनिक

काठमाडौं– विश्वव्यापी टेक कम्पनी याङ्गो ग्रुपअन्तर्गतको याङ्गो राइडले नेपालमा नयाँ सुरक्षा

अभिलेख जलेपछि यातायात कार्यालयको कामकाज अस्थायी संरचनाबाट

बाँके– जेनजी आन्दोलनका क्रममा भएको आगजनीले यातायात व्यवस्था कार्यालय बाँकेमा

निर्माणाधीन ‘फिल्म सिटी’ डाङ्गडुङ्गेडाँडाबाट देखिने हिमशृङ्खला (तस्बिरहरू)

काठमाडौं– अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी (फिल्म सिटी) क्षेत्रको रूपमामा विकास हुँदै