प्रधानन्यायाधीशले आफूसहित १६ न्यायाधीशका लागि तोके १० वटा इजलास « Khabarhub

प्रधानन्यायाधीशले आफूसहित १६ न्यायाधीशका लागि तोके १० वटा इजलास


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले आफूसहित १६ न्यायाधीशका लागि १० वटा इजलास तोकेका छन्।

सर्वोच्च अदालतले जारी गरेको दैनिक पेसी सूची अनुसार प्रधानन्यायाधीश राणाले आज सबै प्रकारका गरी २९८ मुद्दाको पेसी तोकेका हुन् ।

शुक्रबार र आइतबार आफ्ना लागि इजलास नतोकेका उनले आज आफ्ना लागि पनि एकल इजलास गठन गरेका छन्। जसमा पाँच मुद्दाको पेसी तोकिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश र कानून व्यवसायीले आफ्ना लागि इजलास नतोक्न प्रधानन्यायाधीश राणालाई आग्रह गर्दै आएका छन्।

बारले प्रधानन्यायाधीशलाई अदालत प्रवेशमै रोक लगाउने भने पनि राणा दिनहुँ अदालत पुगेर पेशी तोकिरहेका छन्।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ११ : ४१ बजे

बागलुङमा पहिरोको वितण्डा : दुई दिनमा १० जनाको मृत्यु, तनहुँमा २४ घरमा क्षति

बागलुङ : अविरल वर्षासँगै आएको पहिरोले बागलुङमा १० जनाको मृत्यु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज १२ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको