प्रधानन्यायाधीशले आफूसहित १६ न्यायाधीशका लागि तोके १० वटा इजलास « Khabarhub

प्रधानन्यायाधीशले आफूसहित १६ न्यायाधीशका लागि तोके १० वटा इजलास


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले आफूसहित १६ न्यायाधीशका लागि १० वटा इजलास तोकेका छन्।

सर्वोच्च अदालतले जारी गरेको दैनिक पेसी सूची अनुसार प्रधानन्यायाधीश राणाले आज सबै प्रकारका गरी २९८ मुद्दाको पेसी तोकेका हुन् ।

शुक्रबार र आइतबार आफ्ना लागि इजलास नतोकेका उनले आज आफ्ना लागि पनि एकल इजलास गठन गरेका छन्। जसमा पाँच मुद्दाको पेसी तोकिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश र कानून व्यवसायीले आफ्ना लागि इजलास नतोक्न प्रधानन्यायाधीश राणालाई आग्रह गर्दै आएका छन्।

बारले प्रधानन्यायाधीशलाई अदालत प्रवेशमै रोक लगाउने भने पनि राणा दिनहुँ अदालत पुगेर पेशी तोकिरहेका छन्।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ११ : ४१ बजे

कांग्रेस नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधन

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल