ओखलढुंगा दुर्घटना : एकै गाउँका चार जनाको मृत्यु, १३ घाइते « Khabarhub

ओखलढुंगा दुर्घटना : एकै गाउँका चार जनाको मृत्यु, १३ घाइते


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा- ओखलढुंगाको चम्पादेवीस्थित ककनी मन्दिर दर्शनका लागि गएका चार जना यात्रुको दुर्घटनामा ज्यान गएको छ ।

सुनकोसी गाउँपालिका-९ कटुञ्जेमा भएको दुर्घटनामा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

क्षमताभन्दा बढि यात्रु बोकेका प्रदेश ३-०१-०२२ च ९६९४ नम्बरको गाडी दुर्घटनामा परेको  थियो । मन्दिरतर्फ जाने क्रममा गाडी सुनकोशी गाउँपालिका-९ को जौबारी नजिकैको कुसाङ भन्ने स्थानमा सडकबाट खसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी गोविन्द काफ्लेका अनुसार तीन जनाको घटनास्थल र एक जनाको उद्धार गरेर उपचारका लागि लैजाने क्रममा ज्यान गएको हो । गम्भीर घाइते चार जनालाई हेलिकोप्टरबाट काठमाडौँ पठाइएको छ । अन्य नौ जनाको  स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

दुर्घटनामा ज्यान गुमाउनेहरू सबै सिद्धिचरण नगरपालिका १० रुप्सेका रहेका छन् । दुर्घटनामा  १७ वर्षीया तुलसा मगर, ३५ वर्षीया मिठुमाया मगर,  ३५ वर्षीया शान्ता मगर र उमेर नखुलेका खगेन्द्र मगर छन् । अन्य एक जनाको समेत ज्यान गएको बताइए पनि पहिचान हुन सकेको छैन ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  १२ : ४६ बजे

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष

नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु

नाइजेरिया – नाइजेरियाली सेनाले यो हप्ता उत्तरपश्चिमी जाम्फारा राज्यमा गरेको