शल्यक्रिया गर्दा बिरामीको पेटबाट निकालियो मोबाईल « Khabarhub

शल्यक्रिया गर्दा बिरामीको पेटबाट निकालियो मोबाईल


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- एक व्यक्ति निकै पेट दुखेपछि चिकित्सक कहाँ जान्छन् । केही घन्टापछि चिकित्सकले उनको पेटको एक्सरे गर्छन् । एक्सरे रिपोर्टमा ती व्यक्तिको पेटमा मोवाईल देखेपछि चिकित्सक नै चकित हुन्छन् । उनको तत्कालै शल्यक्रिया हुन्छ । यो हो पश्चिमी इजिप्टको आसवान युनिर्भसिटी अस्पतालको घटना ।

समाचार विवरणअनुसार ती व्यक्तिले ६ महिनाअगाडि एउटा मोबाईल फोन निलेका थिए । स्वाभाविक प्रक्रियाबाट दिशामार्फत मोबाईल बाहिर निस्कने आशामा उनले कसैलाई पनि भनेनन् ।

किनकी, आफ्नो अस्वाभाविक कामबाट उनी आफै लज्जित थिए । तर, पेट दुखेर सा-है पिडा हुन थालेपछि उनी चिकित्सककहाँ गएका थिए । मोवाईलका कारण उनलाई खान पनि असजिलो भएको थियो ।

ती व्यक्तिले आफ्नो समस्या बताउने बित्तिकै चिकित्सकले एक्सरे गरे । पेटभित्र एउटा मोबाईल देखियो । चिकित्सकले तत्कालै शल्यक्रिया गरे । मानिसले मोबाइल निलेर शल्यक्रियामार्फत झिकेको संभवत यो पहिलो घटना भएको चिकित्सकहरुले बताएका छन् ।

मोवाईल पेटबाट निकाले पनि ती व्यक्तिको स्वास्थ्य अवस्थाबारे थप केही बताइएको छैन् । शल्यक्रियापछि ती व्यक्ति पूर्ण रुपमा स्वस्थ हुने चिकित्सकहरुको विश्वास छ । उनले किन मोवाईल खाए भन्ने बारेमा इजिप्टका सञ्चार माध्यमहरुले केही खुलाएका छैनन् ।– न्युज कारखानाबाट

 

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  १ : ४५ बजे

रविलाई प्रश्न : सर्वदलीय बैठक र उच्चस्तरीय संयन्त्रलाई प्रधानमन्त्रीले नस्वीकारे के गर्नु हुन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० गते

प्रधानमन्त्रीको बचाउमा रवि- ‘सरकार र पार्टीको काम बाँडफाँड गरेका छौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशीमा आएको

रविलाई प्रश्न- सरकार गुण्डागर्दी शैलीमा चल्दै छ ? जवाफमा भने, ‘पार्टीको आन्तरिक लोकतन्त्र बलियो छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको आन्तरिक

रमेश प्रसाईंको गुनासो : मेरै सरकारकै पालामा महँगीले छलाङ लगायो, ढाड सेकियो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले बाढीको विपद्का

जेन–जी आन्दोलनमा भागेका लागूऔषध मुद्दाका प्रतिवादी एक वर्षपछि समातिए

काठमाडौं– लागूऔषध मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-३ जाल्पाचोक बस्ने गोरखा पालुङटार नगरपालिका-२