केन्द्रीय समिति बैठकले कांग्रेस महाधिवेशनको सुनिश्चितता गर्‍यो : गगन थापा « Khabarhub

केन्द्रीय समिति बैठकले कांग्रेस महाधिवेशनको सुनिश्चितता गर्‍यो : गगन थापा


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले अब महाधिवेशन हुने पक्कापक्की भएको बताएका छन् ।

आइतबारको केन्द्रीय समिति बैठकपछि महाधिवेशन हुन्छ भन्ने ढुक्क अवस्था आएको उनले बताएका छन् ।

काठमाडौं महानगर पार्टी समितिलाई सम्मान तथा बधाई ज्ञापन गर्न सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा थापाले भने, ‘हिजोको बैठकपछि भने अधिवेशन हुन्छ भन्ने ढुक्क भएका छौँ, पार्टीले होटल र हल बुक गर्न थाल्यो।’

निर्वाचन आयोगले बारम्बार दिएको दबाबपछि मात्रै अहिले नै महाधिवेशन गर्ने अवस्थामा पार्टी पुगेको उनको भनाइ छ ।

‘महाधिवेशन हुन्छ भन्ने अवस्था थिएन । निर्वाचन आयोगले तारन्तार दबाब नदिएको भए वा पुस पहिलो साताभित्र नयाँ नेतृत्वको नाम आयोगमा बुझाउनुनपर्ने भए अहिले नै हामी महाधिवेशन गर्दैनथ्यौँ होला’, उनले भने, ‘यो सामूहीक क्षयीकरणको प्रमाण हो । हामीले विधानको सर्वोच्चतालाई स्थापित गर्न सकेनौँ।’

उनले १३ लाख मत थप गरे मात्रै कांग्रेस अब पहिलो पार्टी बन्ने बताए । नयाँ मतदातालाई पार्टीमा आकर्षित गर्ने गरी काम गर्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  २ : २५ बजे

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया