हत्यापछि सेफ्टी ट्याङ्कीमा शव « Khabarhub

हत्यापछि सेफ्टी ट्याङ्कीमा शव


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको गौरादह ५ चप्रमारीमा एक व्यक्तिको हत्या गरी शव सेफ्टी ट्याङ्कीमा फालिएको अवस्थामा फेला परेको छ ।

सो ठाउँका ४६ वर्षीय मबेसीर हुसेन मियाको शव साही ठाउँका एक व्यक्तिको सेफ्टी ट्याङ्कीमा भेटिएको हो । मिया गत कात्तिक ११ गतेदेखि हराएको भनी उनकी श्रीमती नुरजन खातुनले खोजी गरिदिन प्रहरीमा जोहरी दिएकी थिइन् ।

दमकबाट खटिएको ईलाका प्रहरी कार्यालय दमकको टोलीले खोजी गर्ने क्रममा सोही ठाउँका मोहम्मद सद्दामको घरममा शंकास्पद निशाना देखिएपछि अनुसन्धान केन्द्रित गरेको थियो । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईका अनुसार सद्दामको घरमा रगतका केही टाटा देखिएका थिए ।

सो घरममा अनुसन्धान गर्दा घरममा भर्खरै रंग लगाएको, ट्वाइलेटको सेफ्टी ट्याङ्कीमाथि गोवरका गुइठा बनाएर राखेको पाइएको प्रहरीले जनाएको छ । ट्याङ्की खाली गर्दा शव फेला परेको हो । शवलाई कम्बलमा पोको पारी त्यहाँ हालिएको अवस्थामा भेटिएको छ।

शव फेला परेपछि परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाई शव परिवारको जिम्मा लगाइएको ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज कार्कीले जानकारी दिए।

घटनामा संलग्न भएको आशंकामा ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा साही ठाउँका ३१ वर्षीय मोहम्मद सद्दाम, उनकी श्रीमती २८ वर्षीया सुमेरन खातुन, २६ वर्षीय मोहम्मत सुलेमान र उनकी श्रीमती २२ वर्षीया रुक्सार खातुन र त्यसै ठाउकी ३८ वर्षीया कुर्सुमान खातुन रहेका छन् ।

घटनामा अन्य केही व्यक्ति संलग्न रहेको आशंका गरिएको प्रहरी उपरीक्षक भटराइको भनाइ छ । उनीहरुको साथबाट धारिलो हतियार दाउ, छुरी, मार्तोल लगायतका सामाग्री पनि बरामद भएका छन् । घटनाबारे प्रहरी थप अनुसन्धान अघि बढाएको छ । व्यक्तिगत रिसिवीका कारण घटना भएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ४ : ४१ बजे

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति