६ महिनामै कालोपत्रे भत्किएपछि स्थानीय आक्रोशित « Khabarhub

६ महिनामै कालोपत्रे भत्किएपछि स्थानीय आक्रोशित


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडी सदरमुकामस्थित गढीदेखि गोठलापानीसम्म कालोपत्रे गरिएको सडक ठाउँठाउँमा भक्तिएपछि पुनः निर्माण कार्य थालिएको छ । चार करोड ३१ लाख रकमको सम्झौतामा के एस कन्सट्रक्सन धनगढीले कालोपत्रे गरेको उक्त सडक अहिले पुनर्निर्माण गरिएको हो ।

कालोपत्रेको काम सकिन लागेको र सडक बत्ती राख्ने तथा पेन्टिङ गर्ने कार्य बाँकी रहेको ठेकेदार पदम गाउँलेले बताए । ‘हामीले तीव्र गतिमा पुनर्निर्माण कार्यअघि बढाएका छौँ । अबको एक महिनाभित्रै सडक निर्माण सम्पन्न गरेर सहरी विकास कार्यालय र दशरथचन्द नगरपालिकालाई बुझाउन आतुर छौँ’, उनले भने, ‘यसअघि निर्माण गर्दा मौसमको प्रतिकुलताले समस्या भएको थियो । अहिले परिपक्क ढंगले निर्माण भएको छ । सडक सोलार बत्ती र पेण्टीङ लगायतको केही काम बाँकी थियो । अहिले सबै सम्पन्न गरेर सम्बन्धित् निकायलाई हस्तान्तरण गर्ने तयारीमा छौँ ।’

एक वर्ष लगाएर बनाएको सडक ६ महिनामै भत्किएकाले अब बलियोसँग बनाउनुपर्ने नागरिक समाजका अगुवा धनिराम लोहारले बताए । उनले भने, ‘यो सडक प्रयोग गरेर सुविधा होला भन्दा पनि आफ्ना मान्छेलाई रोजगारी दिन वा आफूनिकट ठेकेदारलाई ठेक्का पारेर कमिसन खान योजना हाले जस्तो लाग्छ । नत्र कुनै पनि ठेकेदारले निर्माण गरेपनि परिपक्क निर्माण हुनै सकेको छैन ।’

गढी–गोठलापानीको मुख्य सडक निर्माणको काम कमसल ढंगले भएको भन्दै सरोकारवाला निकायलाई घचघच्याएपछि पुनः काम सञ्चालन गरिएको प्रदेश सांसद लिलाधर भट्टले बताए । सडक निर्माण कार्य अलपत्र छाडेको ठेकेदार कम्पनी र निर्माणको जिम्मा दिने कार्यालयलाई पुनः काम सञ्चालन गर्न बाध्य गराएपछि निर्माणको काम थालिएको उनले बताए ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ६ : ०५ बजे

पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्न अनलाइनबाटै टिकट

ललितपुर– विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको

कोपा डेल रे : सेमिफाइनलमा एट्लेटिकोसँग बार्सिलोना ४-० ले पराजित

काठमाडौं – कोपा डेल रेलको सेमिफाइनल अन्तर्गत पहिलो लेगमा बार्सिलोनाले

पोखरामा दुई सातापछि फोहर उठाउन थालियो

कास्की– पर्यटकीय राजधानी पोखरामा दुई सातादेखि उठ्न नसकेको फोहर बिहीबार

विश्वकपमा भारतको लगातार दोस्रो जित : नामिबिया ९३ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपअन्तर्गत आयोजक भारतले लगातार दोस्रो जित

पश्चिमी वायुको सामान्य प्रभाव, मुख्यतया मौसम सफा

काठमाडौं– हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ भने