अख्तियारमा प्रदेश २ बाट सबैभन्दा धेरै भ्रष्टाचारका उजुरी « Khabarhub

अख्तियारमा प्रदेश २ बाट सबैभन्दा धेरै भ्रष्टाचारका उजुरी


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सवैभन्दा धेरै प्रदेश २ बाट भ्रष्टाचारसम्बन्धी उजुरी दर्ता भएका छन् ।

आर्थिक वर्ष २०७७–०७८ को वार्षिक प्रतिवेदनका बारेमा पत्रकार सम्मेलन गर्दै अख्तियारले सवैभन्दा धेरै प्रदेश २ बाट र सवैभन्दा कम गण्डकी प्रदेशबाट उजुरी प्राप्त भएको जनाएको छ।

प्राप्त भएका उजुरीमध्ये स्थानीय तहमा भएको अनियमिमताबारे धेरै छन् । आर्थिक बर्ष ०७७/७८ मा अख्तियारमा परेका २२ हजार ६ सय २५ उजुुरी मध्ये १४ हजार ५ सय ३२ उजुरी फछ्र्यौट भएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

अख्तियारले नेपाल सरकारलाई बार्षिक प्रतिवदेनमार्फत बिभिन्न ६० वटा सुझाव दिएको छ । जसमा सवैभन्दा बढि सार्वजनिक खरिद तथा आयोजना÷ कार्यक्रम व्यवस्थापनसम्बन्धी रहेको छ । अख्तियारले राजस्व चुहावट नियन्त्रण गर्ने, कर छुट र मिनाहा दिने प्रवृति बन्द गर्न पनि सरकारलाई सुझाव दिएको प्रवक्ता रिसालले बताए ।

त्यस्तै ठेक्का सम्झौतामा सम्बन्धित निकाय तथा पदाधिकारी नै पूर्ण रुपमा जिम्मेवार एवं जवाफदेही हुने व्यवस्था मिलाउन पनि सुझाव दिएको उनले बताए । प्रवक्ता रिसालले स्टिङ अप्रेशनका बारेमा सर्वोच्च अदालतले दिएको निर्देशनका कारण पनि अख्तियारमा उजुरी कम भएको हुन सक्ने उल्लेख गरे । त्यस्तै उनले जनताहरु जागरुक भएकै कारण पनि स्थानीय तहका बिषयमा धेरै उजुरी आएको महशुस अख्तियारले गरेको बताए।

अख्तियारले सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ६ : २० बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी