अख्तियारमा प्रदेश २ बाट सबैभन्दा धेरै भ्रष्टाचारका उजुरी « Khabarhub

अख्तियारमा प्रदेश २ बाट सबैभन्दा धेरै भ्रष्टाचारका उजुरी


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सवैभन्दा धेरै प्रदेश २ बाट भ्रष्टाचारसम्बन्धी उजुरी दर्ता भएका छन् ।

आर्थिक वर्ष २०७७–०७८ को वार्षिक प्रतिवेदनका बारेमा पत्रकार सम्मेलन गर्दै अख्तियारले सवैभन्दा धेरै प्रदेश २ बाट र सवैभन्दा कम गण्डकी प्रदेशबाट उजुरी प्राप्त भएको जनाएको छ।

प्राप्त भएका उजुरीमध्ये स्थानीय तहमा भएको अनियमिमताबारे धेरै छन् । आर्थिक बर्ष ०७७/७८ मा अख्तियारमा परेका २२ हजार ६ सय २५ उजुुरी मध्ये १४ हजार ५ सय ३२ उजुरी फछ्र्यौट भएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

अख्तियारले नेपाल सरकारलाई बार्षिक प्रतिवदेनमार्फत बिभिन्न ६० वटा सुझाव दिएको छ । जसमा सवैभन्दा बढि सार्वजनिक खरिद तथा आयोजना÷ कार्यक्रम व्यवस्थापनसम्बन्धी रहेको छ । अख्तियारले राजस्व चुहावट नियन्त्रण गर्ने, कर छुट र मिनाहा दिने प्रवृति बन्द गर्न पनि सरकारलाई सुझाव दिएको प्रवक्ता रिसालले बताए ।

त्यस्तै ठेक्का सम्झौतामा सम्बन्धित निकाय तथा पदाधिकारी नै पूर्ण रुपमा जिम्मेवार एवं जवाफदेही हुने व्यवस्था मिलाउन पनि सुझाव दिएको उनले बताए । प्रवक्ता रिसालले स्टिङ अप्रेशनका बारेमा सर्वोच्च अदालतले दिएको निर्देशनका कारण पनि अख्तियारमा उजुरी कम भएको हुन सक्ने उल्लेख गरे । त्यस्तै उनले जनताहरु जागरुक भएकै कारण पनि स्थानीय तहका बिषयमा धेरै उजुरी आएको महशुस अख्तियारले गरेको बताए।

अख्तियारले सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ६ : २० बजे

संविधानका थुप्रै कुरा बदल्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानका थुप्रै कुरा बदल्नुपर्ने

यो कांग्रेसभित्र गुटको किल्ला भत्काउने अभियान हो : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशन पार्टीको गुटभित्रको

इरान तनाव चर्किँदै, मृतकको सङ्ख्या ५४४ पुग्यो

दुबई– इरानमा जारी सरकारविरोधी प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सङ्ख्या कम्तीमा

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी 

काठमाडौं– मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा

शर्माको प्रस्ताव : एक व्यक्ति दुईपटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्री विश्व प्रकाश शर्माले प्रधानमन्त्री