राष्ट्रपति महिला उत्थान कार्यक्रम : खोटाङबाट मात्रै २३ महिलाको उद्धार « Khabarhub

राष्ट्रपति महिला उत्थान कार्यक्रम : खोटाङबाट मात्रै २३ महिलाको उद्धार


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’खोटाङ जिल्लामा प्रभावकारी बनेको छ ।

पहाडी भू–भाग तथा सबै क्षेत्रमा सडक यातायातसमेत नपुगेको यस जिल्लामा सो कार्यक्रम अन्तर्गत गर्भवती तथा सुत्केरी व्यथाले सिकिस्त बिरामीलाई निःशुल्क हवाई उद्धार गरेर उपचार गर्न थालिएपछि उक्त कार्यक्रम प्रभावकारी देखिएको हो ।

आर्थिक वर्ष २०७५-७६ देखि जिल्लामा सुरुआत भएको यस कार्यक्रमअन्तर्गत हालसम्म जिल्लाका २३ गर्भवतीको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी विकल श्रेष्ठले जानकारी दिएका छन् । सुत्केरी अवस्थामा आमा र बच्चा दुवैको ज्यान जोखिम भएमा जिल्ला अस्पतालको सिफारिसमा प्रशासनले हवाई उद्धारका लागि प्रक्रिया अगाडि बढाउने गरेको छ ।

लामो समयसम्म सुत्केरी व्यथा लागेर पनि बच्चा जन्माउन कठिनाइ भएमा, गर्भमै बच्चाको मृत्यु भएमा, गर्भावस्थामा अत्यधिक रक्तश्राव भएमा, रक्तअल्पता भएमा, सुरक्षित सुत्केरी केन्द्र (बर्थिङ सेन्टर)मा सुत्केरी गराउँदा अत्यधिक रक्तश्राव भई बेहोस भएमा, विभिन्न खालका कम्पन आएमा, आमा र बच्चा दुवैको ज्यान जोखिम भएमा हेलिकोप्टर झिकाउने गरिएको छ । कार्यक्रमले निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम लागू भएपछि जिल्लाका गर्भवती तथा सुत्केरी र नवजात शिशुले अकालमै ज्यान गुमाउनु नपरेको जिल्ला अस्पतालका प्रमुख डाक्टर वैभव मल्लिकले बताए ।

जिल्ला प्रशासनका अनुसार केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाकी १९ वर्षीया मन्दिरा विश्कर्मा, जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङकी २२ वर्षीया अनिता राई, ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्ककी २५ वर्षीया सिर्जना तामाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी २८ वर्षीया एलिना कार्कीको उद्धार गरिएको छ ।

यस्तै खोटेहाङ गाउँपालिका–३ सवाकटहरेकी १७ वर्षीया विमामाया विश्वकर्मा, दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माकी ३६ वर्षीया बबिता राई, केपिलासगढी गाउँपालिका–७ सुङ्देलकी १९ वर्षीया रमिला राई, दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीकी २८ वर्षीया रेणुका वन गिरी, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारकी २३ वर्षीया रबिता राई, खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीकी २३ वर्षीया विष्णु राई खत्री, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ चिउँरीडाँडाकी २४ वर्षीया शान्ता कटवाल, साकेला गाउँपालिका–४ मात्तिमकी २५ वर्षीया सरस्वती कटवाल र जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खु शिवालयकी २७ वर्षीया शिवकुमारी सापकोटाको उद्धार गरिएको हो ।

यसैगरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीकी २८ वर्षीया निलम राई, ३४ वर्षीया देवी खत्री, दिक्तेलकी १९ वर्षीया तारा राई, २३ वर्षीया दीपा आचार्य र २४ वर्षीया मेनुका खड्का, दिक्तेल सोल्माका ३० वर्षीया शान्ता विश्वकर्मा, ऐसेलुखर्क गाउँपालिका–१ राखावाङ्देलका २९ वर्षीया मोनिका राई, साकेला गाउँपालिका–५ मात्तिमका २४ वर्षीया सुनिता राई, जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका १९ वर्षीया हीरा राय र खोटेहाङ गाउँपालिका–३ सावाकटहरेकी १८ वर्षीया मेनुका विष्टको हेलिकोप्टरमार्फत उद्धार गरिएको प्रशासनले जनाएको छ ।

दिक्तेलबजारको हेलिप्याड, ऐसेलुखर्क, चिसापानीलगायतका स्थानबाट उद्धार गरिएका गर्भवती तथा सुत्केरीको प्रसूतिगृह थापाथली र कोशी अस्पताल विराटनगरमा उपचार गर्ने गरिएको जनाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीकी १९ वर्षीया जुनकला राईको उद्धारमा हेलिकोप्टर आउन नसकेको र सोही नगरपालिकाको वडा नं ४ खाल्लेकी १९ वर्षीया सिर्जना विश्वकर्माको उद्धारमा हेलिकोप्टर आए पनि मौसम खराबका कारण उद्धार हुन नसकेको जनाइएको छ ।

उद्धार गर्न नसकिएका दुवै महिलाको जिल्ला अस्पतालमा सफल उपचार भएको प्रशासनले जनाएको छ । उनको उद्धारमा पुगेको हेलिकोप्टर मौसम खराबीका कारण उड्न नसकेपछि जिल्लामै एक दिन बसेर फर्किएको थियो ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ११ : २५ बजे

विश्व स्वास्थ्य संगठनबाट बाहिरिँदै अर्जेन्टिना

एजेन्सी– अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठनबाट औपचारिक रूपमा फिर्ता लिएको छ

हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटन

रसुवा– स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा हिमाली जिल्ला रसुवा पर्न

नवनिर्वाचित सांसदहरूलाई शपथ गराउन अस्थायी हल अन्तिम चरणमा (तस्बिरहरू)

काठमाडौं– नवनिर्वाचित सांसदहरूको शपथग्रहण चैत १२ गते गराउने तयारी तीव्र

रास्वपा सांसदहरूले भने- सुशासनका लागि पाँचवर्ष मुहान सफा गर्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले अनअपेक्षा

आफ्ना सांसदलाई रविको चेतावनी- भोलि जनताले नमस्कारै नफर्काउने अवस्थामा पुग्न सक्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व र जनता