बिग बास लिग : सन्दीप लामिछाने आवद्ध होबार्टको हार « Khabarhub

बिग बास लिग : सन्दीप लामिछाने आवद्ध होबार्टको हार


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द होबार्ट हरिकेन्स  हार व्यहोरेको छ ।

मंगलबार भएको खेलमा होबार्ट पर्थ स्कोचर्ससँग ५३ रनले पराजित भएको हो ।

पर्थले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको होबार्ट १९ ओभरमा अलआउट हुँदै १ सय २९ रनमा समेटियो ।

होबार्टका बेन म्याकडेरमोटले ४१ रन बनाए । डी’आर्ची सर्टले ३१ रन जोड्दा सन्दीपले अविजित १३ रन  बनाए । यस्तै  टिम डाभिडले १७ रन जोडे ।

पर्थका ट्यामल मिल्सले ३ तथा एस्टन अगर र एन्ड्रयु टेले २/२ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको पर्थले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो । पर्थका लागि मिचेल मार्शले अविजित १०० रनको शतकीय इनिङ्स खेले । लाउरी इभान्सले ४० रन जोडे ।

होबार्टका नाथन एलिसले २ विकेट लिए । सन्दीपले १ विकेट लिए । जितसँगै पर्थ १० अंकसहित शीर्ष स्थानमा छ ।

होबार्ट ३ खेलमा ६ अंकसहित पाँचौँ स्थानमा छ ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  १२ : १५ बजे

विश्व क्षयरोग दिवस : नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित

काठमाडौँ – नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ

बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा

डुम्रे – तनहुँको व्यास नगरपालिका–१० स्थित बैरेनी जग्गा एकीकरण आयोजना

उपनिर्वाचनका लागि दल दर्ता गराउने लोसपाको निर्णय

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)ले आगामी वैशाख १०

तरकारी र फलफूलको आजको मूल्य कति? 

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

थुकको छिटा र हावाको माध्यमबाट क्षयरोग सर्छ

काठमाडौं – क्षयरोग भनेको एक प्रकारको संक्रामक रोग हो ।