बिग बास लिग : सन्दीप लामिछाने आवद्ध होबार्टको हार « Khabarhub

बिग बास लिग : सन्दीप लामिछाने आवद्ध होबार्टको हार


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द होबार्ट हरिकेन्स  हार व्यहोरेको छ ।

मंगलबार भएको खेलमा होबार्ट पर्थ स्कोचर्ससँग ५३ रनले पराजित भएको हो ।

पर्थले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको होबार्ट १९ ओभरमा अलआउट हुँदै १ सय २९ रनमा समेटियो ।

होबार्टका बेन म्याकडेरमोटले ४१ रन बनाए । डी’आर्ची सर्टले ३१ रन जोड्दा सन्दीपले अविजित १३ रन  बनाए । यस्तै  टिम डाभिडले १७ रन जोडे ।

पर्थका ट्यामल मिल्सले ३ तथा एस्टन अगर र एन्ड्रयु टेले २/२ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको पर्थले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो । पर्थका लागि मिचेल मार्शले अविजित १०० रनको शतकीय इनिङ्स खेले । लाउरी इभान्सले ४० रन जोडे ।

होबार्टका नाथन एलिसले २ विकेट लिए । सन्दीपले १ विकेट लिए । जितसँगै पर्थ १० अंकसहित शीर्ष स्थानमा छ ।

होबार्ट ३ खेलमा ६ अंकसहित पाँचौँ स्थानमा छ ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  १२ : १५ बजे

डिजिटल अर्थतन्त्रको दायरा फराकिलो बन्दै

काठमाडौं– डिजिटल अर्थतन्त्रको दायरा फराकिलो बन्दै गएको छ । वित्तीय

गोसाइँकुण्ड मेला व्यवस्थापन तयारी सुरु

रसुवा– जनैपूर्णिमाका दिन पवित्र तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष लाग्ने धार्मिक

नेपाल–अष्ट्रेलिया सहकार्यलाई थप परिणाममुखी बनाउन मन्त्री बादीको जोड

काठमाडौं- महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता

संसद्‌ सुरु हुनेबित्तिकै विपक्षीको विरोध

काठमाडौं – प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने माग

संसद् बैठकअघि सभामुखले भेटे प्रधानमन्त्रीलाई

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता