नेपालमा बामपन्थी पार्टी लोकप्रिय छन् : अध्यक्ष नेपाल « Khabarhub

नेपालमा बामपन्थी पार्टी लोकप्रिय छन् : अध्यक्ष नेपाल


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा बामपन्थी पार्टी लोकप्रिय रहेको र फुटेर जाँदा पनि बामपन्थी पार्टी नै निर्माण गरिरहेको बताएका छन् ।

पार्टीको बाग्मती प्रदेश कमिटिले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले आफूहरु बामपन्थी आन्दोलन बलियो बनाउन लागिरहेकाले पार्टी फुट्यो भनेर चिन्ता नगर्न आग्रह गरे ।

पार्टीका सबै तहमा रहेर नेतृत्व गर्नेले देशको स्वाभिमान र जनतालाई सुखी बनाउने कुरामा ध्यान दिनुपर्नेमा उनले जोड दिए । देशभर सबै जिल्ला र क्षेत्रमा पार्टीको विस्तारमा लाग्न उनले निर्देशन दिए । उनले भने, ‘आमनागरिकलाई चेतनशील र सङ्गठीत बनाएर मात्रै परिर्वतन सम्भव छ ।’

देशभरमा आफ्नो पार्टीमा नागरिकको आकर्षण बढिरहेको पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उनले बताए । सबै प्रदेशका र विभिन्न जिल्लामा पार्टी र सङ्गठन विस्तारका क्रममा रहेको र कतिपय जिल्लामा ठूलै परिवर्तन आइरहेको उनको भनाइ छ ।

वडा तहसम्म कमिटी बनाउन र पार्टीलाई गतिशिल बनाउन उनले निर्देशन दिए । उनले भने, ‘अरु पार्टीभन्दा कसरी भिन्न पार्टी बनाउने भन्नेमा हाम्रो ध्यान पुग्नुपर्छ ।’

राजधानी काठमाडौँ र अरु विभिन्न शहरमा सडकको अवस्था खराब भएको उनले बताए । सरकारमा फरक–फरक पार्टीको संलग्नता भएकाले कतिपय विषयमा चुप भएर बस्नुपरेको उनको भनाइ छ ।

राजनीतिक क्रान्ति जोगाउन बामपन्थी र लोकतान्त्रिक शक्तिसँग मिलेर लागेको उनले बताए । उनले भने, ‘शेरबहादूर देउवा मात्रै होइन काङ्ग्रेसका अरु नेता पनि गठबन्धनलाई अघि बढाउनुपर्ने मान्यता राख्नुहुन्छ ।’

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ३ : ४८ बजे

घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित ठिनी खोलामा पक्की मोटरेबल पुल

मनीष झाको प्रश्न- ‘यस्तो बचपनले राजकाज चल्छ ?’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मनीष

त्यो असारजस्तो किन छैन यो असार ?

ग्रीष्मको प्रचण्ड रापले डढेको माटोलाई शीतल जलकणले सिञ्चित गर्दै आउने

कञ्चनपुर डेङ्गुको जोखिममा, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर– कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा मात्रै जिल्लामा

बागलुङमा सिँचाइ सुविधा विस्तार

बागलुङ– बागलुङमा एक वर्षको अवधिमा १०७ वटा सिँचाइ योजना सम्पन्न