बिन्ती र ममताको ‘चु सै ङल’ « Khabarhub

बिन्ती र ममताको ‘चु सै ङल’


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गुरूङ भाषाको ‘चु सैं ङल’ अर्थात ‘यो मन मेरो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । ‘होई मेरो संसार’ बोलको गीतको सफलतासँगै गायक बिन्तीकुमार गुरूङले ‘चु सैं ङल’ बजारमा ल्याएका हुन् ।

गीतको भिडियो भर्जिनियाको सुन्दर शहर आसबर्नमा एक कार्यक्रमका बिच तमु धीं भर्जिनियाको संयोजनमा सार्वजनिक गरिएको छ । गायक बिन्तीको शब्द, संगीत र स्वरमा सजिएको यस गीतमा नेपाल आइडलकी ममता गुरूङको पनि स्वर सुन्न सकिन्छ ।

पोखराकी मोडल उर्मिला गुरूङ र मनोज गुरूङको अभिनय रहेको गीतको छायांकन गायक बिन्ती कुमारको आफ्नै जन्मस्थल लमजुङको गुरूङ बस्ती डडुवा दुर्छा र करापु गाउँमा गरेका छन् । भिडियोमा उर्मिला र मनोजको माध्यमबाट गुरूङ समुदायका युवायुवतीहरुको रमाइलो प्रेमको किस्सालाई रोमान्टिक शैलीमा देखाइएको छ ।

भिडियोको कोरियोग्राफी र निर्देशन साजन गुरूङले गरेका छन् । टेकमान गुरूङको छायांकन तथा र नेत्र गुरूङको सम्पादन रहेको गीतको भिडियो तमु ल्होछार तो ल्हो (बाघ वर्ग)को पूर्वसन्ध्यामा सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ४ : ०८ बजे

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको

आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ३ गते शनिबार तदनुसार

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर