सभापति देउवालाई गुटबन्दी नगर्न कोइराला समूहको सन्देश « Khabarhub

सभापति देउवालाई गुटबन्दी नगर्न कोइराला समूहको सन्देश


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका शेरबहादुर देउवालाई पार्टीमा गुटबन्दी नगर्न कोइराला समूहले सन्देश दिएको छ । देउवासँगै सभापतिमा प्रतिस्पर्धा गरेका डा. शेखर कोइरालाले बुधबार महाधिवेशन प्रतिनिधिहरुलाई धन्यावाद दिन आयोजना गरेको कार्यक्रममा उनले पार्टी एकतामा जोड दिए ।

उनले सभापति देउवालाई ४ वर्षे कार्यकालका लागि शुभकामना दिए। पार्टीको विधानअनुसार सभापतिको कार्यकाल ४ वर्षकोमात्र भए पनि १३ औँ महाधिवेशपछि देउवा करिब ६ वर्षसम्म पदमा बसेका थिए । सोही प्रति संकेत गर्दै डा. कोइरालाले पहिलाको कार्यकालमा कांग्रेस विधिअनुसार चल्न नसकेको टिप्पणी गरे। उनले सभापतिको कार्यकाल ४ वर्षकोमात्र भएको भन्दै यो कार्यकालमा कांग्रेसम विकृति नआउने विश्वास व्यक्त गरे ।

उनले आफूहरुको विचार समूहले उठाएको कदम सफल भएको भन्दै त्यसका लागि निरन्तर लाग्ने बताए । उनले पार्टी एकतामा जोड दिँदै आगामी महाधिवेशनमा आफ्नो विचार समूहको जित हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा बोल्ने सबै नेताहरुको जोड पार्टी एकतामै थियो । महामन्त्रीका उम्मेदवार गगन थापाले आफूहरु नेतृत्व परिवर्तनका लागि अन्तिमसम्म लडेको भन्दै परिवर्तनकारी नेताहरु एक ठाउँमा उभिएको बताए । उनले १३औँ महाधिवेशनपछि देउवाले नांगोरुपमा गुटबन्दी गरेको भन्दै अब गुटबन्दी अन्त्य गर्न चेतावनी दिए । उनले पार्टीमा अब गुटबन्दी नचल्ने भन्दै पार्टीलाई आम निर्वाचनमा चिताउनुपर्ने लक्ष्य रहेको बताए ।

उनले ३१ प्रतिशतमा रहेको कांग्रेसलाई ५१ प्रतिशतमा पुर्याउनुपर्ने भन्दै त्यसमै केन्द्रित हुने बताए । थापाले प्रकाशमान सिंह र विमलेन्द्र निधिप्रति कटाक्ष गर्दै अघिल्लो रातसम्म नेतृत्व परिवर्तन भन्नेहरु कसरी पुरानै नेतृत्वसँग कुम जोड्न पुगे त्यसको जवाफ कार्यकर्ताले माग्ने बताए ।

त्यस्तै महामन्त्रीको उम्मेदवार डा. मिनेन्द्र रिजाल, उपसभापतिका उम्मेदवारहरु चन्द्र भण्डारी र धनराज गुरुङ, सहमहामन्त्रीका उम्मेदवार कमल पन्त, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, डा. रामशरण महत र बलबहादुर केसीले कांग्रेसलाई एक ढिक्का बनाउनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ५ : २३ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष