नेपाल र भारतबीचको सम्बन्ध बिगार्न केही शक्ति लागेको भारतीय रक्षामन्त्री सिंहको टिप्पणी (भिडियो) « Khabarhub

नेपाल र भारतबीचको सम्बन्ध बिगार्न केही शक्ति लागेको भारतीय रक्षामन्त्री सिंहको टिप्पणी (भिडियो)


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल र भारतबीचको सम्बन्ध बिगार्न केही शक्ति लागिरहेको टिप्पणी गरेका छन् । भारतको देहरादुनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा उनले नेपालसँगको सम्बन्धबारे बोलेका हुन् ।

तर, उनले नेपाल र भारतबीचको सम्बन्ध बिगर्न को शक्ति सक्रिय छ भन्ने विषयमा भने केही उल्लेख गरेनन् ।

समााचार एजेन्सी एनआईका अनुसार कार्यक्रममा मन्त्री सिंहले भनेका छन्, ‘सरकारी प्रतिनिधिको हैसियतमा म तपाईंलाई भन्न चाहन्छु, शीर झुकाउनु पर्‍यो भने झुकाउँछौं तर, छिमेकी नेपालसँगको सम्बन्ध टुट्न दिँदैनौं ।’

राजनाथ सिंह मोदी सरकारका तेस्रो वरीयताका मन्त्री हुन् । भाजपाका पूर्व अध्यक्षसमेत रहेका सिंह नेपालप्रति नरम दृष्टिकोण राख्ने भारतीय नेता मध्ये पर्छन् । नेपाल र भारतबीचको सम्बन्धमा नेपालले नयाँ संविधान जारी गरेपछि उतारचढाव आइरहेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ५ : ४८ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण