जनताको स्वास्थ्यप्रति सरकार गम्भीर छ : मन्त्री झाँक्री | Khabarhub Khabarhub

जनताको स्वास्थ्यप्रति सरकार गम्भीर छ : मन्त्री झाँक्री


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जनताको स्वास्थ्यप्रति सरकार गम्भीर रहेको बताएकी छन् । जनकपुरधाममा बुधबार प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन एवं प्रदेश मेडिकल स्टोर भवनको शिलान्यास गर्दै मन्त्री झाँक्रीले सरकारले जनताको स्वास्थ्य, शिक्षा र रोजगारीलाई सरकारले प्राथमिकता राखेको बताइन् ।

जनस्वास्थ्य प्रयोगशालाको भवन एवं प्रदेश मेडिकल स्टोर भवनको निर्माणपछि प्रदेशको स्वास्थ्य क्षेत्रमा उल्लेख प्रगति हुने विश्वास व्यक्त गर्दै मन्त्री झाँक्रीले सरकारले ल्याएको स्वास्थ्य योजनालाई सफल बनाउन सबैसँग आग्रह समेत गरिन् ।

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शिलान्यास गरिएका भवन तीनै तहबीचको समन्वय र सहकार्यको अनुपम उदाहरण भएको बताउँदै स्रोत साधनको आभावमा समेत कोभिड–१९ विरुद्ध प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले खेलेको भूमिकाको प्रशंसा गरे ।

जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित ग्रामीण प्रशिक्षण केन्द्र हाताभित्र निर्माण हुन लागेको उक्त भवनको सहरी विकासमन्त्री रामकुमारी झाँक्री, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र समाजिक विकासमन्त्री नवलकिशोर साहले संयुक्तरूपमा शिलान्यास गरे।

कूल रु सात करोड २७ लाख लागतमा निर्माण हुने प्रदेश जनस्वास्थ्य प्रयोगशालाको साढे तीन तल्ले भवन २०८० साल वैशाख ९ गतेभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ भने रु चार करोड ४२ लाखमा निर्माण हुने प्रदेश मेडिकल स्टोरसमेत डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले जानकारी दिए । सो अवसरमा कोभिड–१९ विरुद्धको खोप भण्डारणगृहको समेत उद्घाटन गरिएको छ । रासस

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ६ : ३० बजे

पहिलो पटक ग्रीन बण्ड निष्कासन हुँदै

काठमाडौं– नेपालमा पहिलो पटक हरित जर्जा ऋणपत्र (ग्रीन बण्ड) निष्कासन हुने

औषधीको सहज उपलब्धताको लागि समिति गठन

काठमाडौं– नेपाल औषधी लिमिटेडद्वारा उत्पादित सुपथ मूल्यका औषधी सरकारी स्वास्थ्य

डेडिकेटेड ट्रंकलाइन बक्यौतामा प्राधिकरणले दियो पुनरावलोकनको मौका

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता रहेका

सन नेपाल लाइफको हकप्रद शेयर आवेदन खुल्यो

काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको हकप्रद शेयरमा मंगलबारदेखि आवेदन

‘कर्मचारीको सेवासुविधा समयानुकूल बनाउनुपर्छ’

काठमाडौं– सांसद मोहम्मद खालिदले कर्मचारीको सेवासुविधालाई समयानुकूल बनाउन आग्रह गरेका छन्