ग्लोबल आइएमई बैंकले बेलायतबाट ३ अर्ब ऋण लिँदै « Khabarhub

ग्लोबल आइएमई बैंकले बेलायतबाट ३ अर्ब ऋण लिँदै


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ग्लोबल आइएमई बैंकले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुपबाट ३ अर्ब रुपैयाँ  (२५ मिलियन अमेरिकी डलर) ऋण लिने भएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र सीडीसी ग्रुपका कन्ट्री रिप्रजेन्टेटिभ रवि रायमाझीले बुधबार ऋण लिनेसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । बैंकमा आयोजित एक समारोहमा हस्ताक्षर पछि दुवै पक्षले उक्त सम्झौता आदानप्रदान गरेका थिए ।

सीडीसी ग्रुपका प्रबन्ध निर्देशक तथा एसिया प्रमुख श्रिनि नागाराजनले नेपाल सधैँ सीडीसीको प्राथमिकतामा रहेको बताउँदै नेपालभर शाखा सञ्जालन पुगेको ग्लोबल आइएमई बैंकसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे ।

‘विश्व अर्थतन्त्रमा देखिएको मन्दीसँगै अन्तर्राष्ट्रिय पुँजी लगानीमा कमी आएको अहिलेको अवस्थामा ग्लोबल आइएमई बैंकसँगको हाम्रो यस सहकार्यले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको सकारात्मक सन्देश प्रवाह हुने र ठुला विदेशी लगानी भित्र्याउँदै मुलुकको आर्थिक रूपान्तरणमा सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ,’ नागाराजनले भने।

बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले विश्वका ७० भन्दा बढी देशमा सञ्जालनमा रहेको सीडीसीसँगको सहकार्यप्रति खुसी व्यक्त गरे ।

नेपालस्थित बेलायती राजदूत निकोला पोलिटले नेपालमा जलवायु परिवर्तनबाट पर्ने असर कम गर्न तथा कोभिड महामारीपछिको आर्थिक पुनरुत्थानमा बेलायत सरकारको सहयोग रहँदै आएको बताउँदै सीडीसीको यो सहयोगले पनि त्यसकै एउटा निरन्तरता भएको उल्लेख गरे ।

उनले ग्लोबल आइएमई बैंकलाई सीडीसीले गरेको यो ऋण सहयोगले आन्तरिक व्यवसायहरुको वित्तीय पहुँच बढाउनुका साथै आर्थिक अवसर वृद्धि गर्ने र आन्तरिक वस्तु तथा सेवाको उपलब्धता बढाउने बताएका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ८ : ३३ बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक