यी हुन् आज विद्युत कटौती हुने काठमाडौँका २१ स्थान « Khabarhub

यी हुन् आज विद्युत कटौती हुने काठमाडौँका २१ स्थान


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणले आज पनि काठमाडौँका विभिन्न २१ स्थानमा विद्युत कटौती गर्दैछ ।

मर्मतको काम गर्नुपर्ने भएकोले  बुढानिलकण्ठ सबस्टेशन, महाराजगञ्ज तथा पुल्चोक वितरण केन्द्रबाट वितरित २१ स्थानमा विद्युत कटौती हुने छ ।

महाराजगञ्ज वितरण केन्द्रका बसुन्धरा, मित्रनगर, गोंगबु गणेशस्थान, बसपार्कलगायतका क्षेत्रमा बिहान ७ बजे नै विद्युत कटौती भइसकेको छ ।

यस्तै भंगाल, हात्तीगौडा, हेपाली, धापासी हाइट, कुवर कोलोनी, मनकामना टोल, ग्रीनल्याण्ड चोकलगायतका क्षेत्रमा मध्यान्ह १२ बजेदेखि २ बजेसम्म विद्युत कटौती हुनेछ ।

सानेपा राम मन्दिर, गुसिंगाल, एडभांस कलेज, लीला घर, अमरावती, सानेपा, मोड, रेडियंट स्कुललगायतका क्षेत्रमा भने बिहान ११ बजेदेखि १ बजेसम्म विद्युत कटौती हुने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

हेर्नुहोस् प्राधिकरणको सूचना

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ८ : ३० बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी