नेकपा ओली समूहको कार्यकर्ता भेला काठमाडौँमा, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने « Khabarhub

नेकपा ओली समूहको कार्यकर्ता भेला काठमाडौँमा, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समूहले काठमाडौँमा अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ ।

दिउँसो १ बजे तिनकुनेस्थित रोयल बैंक्वेटमा हुने प्रदेश १ का अगुवा कार्यकर्ता भेलामा दाहाल-नेपाल समूहले कार्यकर्तातहमा पुर्‍याएको भ्रम चिर्ने रणनीति एवं चुनाव केन्द्रित प्रशिक्षण दिन लागिएको हो ।

भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि विभाजित बनेको नेकपाको दुबै समूह एकअर्काविरूद्ध उत्रिएका छन् । पुस ५ यताका समानन्तर बैठकले एकले अर्कालाई कारबाही गर्दै आफू नै आधिकारिक भएको दाबीसहित जनसभामा उत्रिएका छन् ।

प्रतिनिधिसभा विघटनकै मुद्दा सर्वोच्च अदालतमा समेत पुगेको छ । अदालते यस मुद्दाको छिनोफानो नगर्दासम्म वैशाखमा नै चुनाव वा प्रतिनिधिसभा पुनर्स्थापना भन्ने विषय अन्योलमा छ ।

चुनाव अन्योलमा रहिरहँदा प्रधानमन्त्री ओलीले दैनिक जसोका सम्बोधनमा समयमै निर्वाचन हुने बताउन छाडेका छैनन् भने त्यसलाई चुनौती दिने गरी दाहाल-नेपाल समूह आन्दोलनमा छ ।

दाहाल-नेपाल समूह कांग्रेससँग मिलेर प्रधानमन्त्री ओलीलाई अप्ठ्यारो पार्ने रणनीतिमा पनि लागेको छ ।

तर, कांग्रेसले यसमा अझै पनि प्रष्ट संकेत नदिएपछि उक्त समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले बुधबार साँझ बुढानिलकण्ठस्थित देउवा निवासमै पुगेर फकाउने प्रयाससमेत गरेका छन् ।

प्रतिनिधिसभा पुनर्स्थापित भइहालेमा ओलीलाई अविश्वासको प्रस्तावबाट हटाइने र त्यसपछिको संयुक्त सरकार बनाउनका लागि दाहाल-नेपालले देउवाको साथ खोजेका छन् ।

तर, प्रधानमन्त्री को हुने भन्नेमा दाहाल-नेपालले प्रष्ट प्रस्ताव नराखेपछि देउवाले अदालबाट हुने फैसलाकै आधारमा अघि बढ्ने जवाफ दिएको जनाइएको छ । यद्यपि कांग्रेस पनि ओलीविरूद्धको कदममा अहिले सडक संघर्षमै छ ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ११ : ३२ बजे

समानुपातिकतर्फका उम्मेदवारलाई बिहीबार प्रमाणपत्र दिइने

काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका सांसदलाई यही चैत

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

बागलुङ– बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै वडाका

हुरीबतासले रुख ढलेर कटारीमा दुई जनाको मृत्यु, छ घाइते

उदयपुर– उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको

प्रधानमन्त्रीले स्वकीय सचिवलाई कोषको जिम्मेवारी दिनु ‘कृपावाद’ हो : रक्षा बम

काठमाडौँ– राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श

अचार बिक्री गरेर मासिक २५ हजार रुपैयाँ आम्दानी

दाङ– दाङको लमही नगरपालिका–५ लमहीका आशारानी चौधरीको मुख्य पेसा अचार