चुनावमा जान हतारो छैन, प्रतिनिधिसभा व्यूँतिनै पर्छ - कांग्रेस वरिष्ठ नेता पौडेल | Khabarhub Khabarhub

चुनावमा जान हतारो छैन, प्रतिनिधिसभा व्यूँतिनै पर्छ – कांग्रेस वरिष्ठ नेता पौडेल


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकलाई ‘अस्थिरताको भूमरी’ बाट जोगाउन प्रतिनिधिसभा पुनर्थापना हुन पर्ने बताएका छन् ।

प्रजातन्त्र सेनानी तनहुँको शुक्लागण्डकी नगरपालिका–४ का स्व.एकनारायण खनालको नवौँ पुण्यतिथिमा आज आयोजित शोकसभालाई सम्बोधन गर्दै पौडेलले संसद् विघटनको मुद्दामा न्यायाधीशहरुले देशको हितमा नै निर्णय गर्नेमा पनि आफू विश्वस्त रहेको बताए ।

संविधानबमोजिम नै अदालतमा विचाराधीन मुद्दामा फैसला हुनेमा सबै लोकतन्त्रवादी विश्वस्त रहेको बताएका पौडेलले भने,’ चुनावमा जान काँग्रेसलाई कुनै हतार भएको छैन, काँग्रेस स्वार्थका लागि लड्ने पार्टी होइन ।’

वरिष्ठ नेता पौडेलले संविधान बचाएर त्यही संविधानबमोजिम चुनावमा जान काँग्रेस तयार रहेको पनि प्रष्ट्याए ।

‘चुनाव त पञ्चायतकालमा पनि हुन्थ्यो, त्यस्तो चुनाव बहिष्कार गर्दै आएका हौँ,’ उनले भने, ‘जनताले विश्वास गरेर कम्युनिष्टलाई बहुमत दिए पनि जनताको विश्वासमाथि घात गर्ने काम भयो ।’

 

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  १२ : ३० बजे

राष्ट्र बैङ्कले सरकारलाई ४२ अर्ब रुपैयाँ उपलब्ध गराउने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व २६ खर्ब २३

ऊर्जामन्त्रीको महसुल उठाउने निर्णय सही भएको आयोगको ठहर

काठमाडौं – विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल

शरणार्थीको सुविधामा व्यापक कटौती गर्दै बेलायत

लण्डन – बेलायतले शरणार्थीको सुरक्षामा भारी कटौती गर्ने र शरण

आजदेखि एनपिएल : पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज सुरु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर