पीएम कप क्रिकेट : प्रदेश-१ लाई एपीएफको २४४ रनको लक्ष्य « Khabarhub

पीएम कप क्रिकेट : प्रदेश-१ लाई एपीएफको २४४ रनको लक्ष्य


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेटमा विभागीय टिम एपीएफले प्रदेश-१लाई २ सय ४४ रनको विजयी लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफ ४८ ओभर ४ बलमा अलआउट हुँदै २ सय ४३ रन बनायो ।

एपीएफका लागि आसिफ शेखले ५९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै वसन्त रेग्मीले ४० रन जोड्दा सन्दीप जोराले ३० रन बनाए ।

कप्तान शरद भेषवाकरले २० तथा किशोर महतो र सुवास खकुरेलले समान १९/१९ रन जोडे । सुमित महर्जन १४ रनमा आउट भए ।

प्रदेश-१ का फिर्दोस अन्सारी, हेमन्त राई र दिपेश कंडेलले २/२ विकेट लिए ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  १ : १५ बजे

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका