गगन थापाले भने- केपी ओलीको नाम खड्गप्रसाद ओली होइन, कीर्तेप्रसाद ओली हो « Khabarhub

गगन थापाले भने- केपी ओलीको नाम खड्गप्रसाद ओली होइन, कीर्तेप्रसाद ओली हो


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले प्रधानमन्त्री एवम् ओली समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले लगातार झुट बोलेको आरोप लगाएका छन् । प्रधानमन्त्रीले एक गल्ती ढाकछोप गर्न पटक पटक झुट बोलेको आरोप लगाए ।

नेपाली कांग्रेसले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्न ललितपुर पुगेका नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम खड्गप्रसाद ओली नभइ कीर्तेप्रसाद ओली राख्नुपर्ने बताए ।

थापाले भने, ‘केपी ओलीको नामको पूरा रुप अब खड्गप्रसाद ओली होइन, कीर्तेप्रसाद ओली हो ।’

साथै नेता थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले पनि एकपछि अर्को कीर्ते काम गरेको आरोप लगाएका छन् । थापाले प्रधानमन्त्रीले प्रचण्ड–नेपाल समूहलाई हेप्दाहेप्दै संविधानलाई नै हेपेको पनि आरोप लगाए ।

विरोधसभामा बोल्दै थापाले केपी ओलीलाई यो अवस्थामा ल्याउन प्रचण्ड–नेपाल समूहको पनि भूमिका रहेको दाबी गरे ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  २ : १४ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ