गगन थापाले भने- केपी ओलीको नाम खड्गप्रसाद ओली होइन, कीर्तेप्रसाद ओली हो « Khabarhub

गगन थापाले भने- केपी ओलीको नाम खड्गप्रसाद ओली होइन, कीर्तेप्रसाद ओली हो


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले प्रधानमन्त्री एवम् ओली समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले लगातार झुट बोलेको आरोप लगाएका छन् । प्रधानमन्त्रीले एक गल्ती ढाकछोप गर्न पटक पटक झुट बोलेको आरोप लगाए ।

नेपाली कांग्रेसले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्न ललितपुर पुगेका नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम खड्गप्रसाद ओली नभइ कीर्तेप्रसाद ओली राख्नुपर्ने बताए ।

थापाले भने, ‘केपी ओलीको नामको पूरा रुप अब खड्गप्रसाद ओली होइन, कीर्तेप्रसाद ओली हो ।’

साथै नेता थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले पनि एकपछि अर्को कीर्ते काम गरेको आरोप लगाएका छन् । थापाले प्रधानमन्त्रीले प्रचण्ड–नेपाल समूहलाई हेप्दाहेप्दै संविधानलाई नै हेपेको पनि आरोप लगाए ।

विरोधसभामा बोल्दै थापाले केपी ओलीलाई यो अवस्थामा ल्याउन प्रचण्ड–नेपाल समूहको पनि भूमिका रहेको दाबी गरे ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  २ : १४ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३

चलायमान बन्दै कोरला नाका, राजस्व बढ्ने निश्चित

मुस्ताङ– तीन वर्षअघि नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङको लोमान्थाङ र

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु