जनताको निर्णय सुन्न निर्वाचनमा जाने निर्णय भएको हो : मन्त्री पौडेल « Khabarhub

जनताको निर्णय सुन्न निर्वाचनमा जाने निर्णय भएको हो : मन्त्री पौडेल


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनता सार्वभौमसत्ता भएकाले निर्णय सुन्न सरकारले निर्वाचनमा जाने निर्णय गरेको बताएका छन् ।

ललितपुर चेम्बर अफ कमर्सको प्रथम वार्षिक साधारण सभामा अर्थमन्त्री पौडेलले देशले कुनै विषयमा निर्णय गर्न सकेन भने जनतामा जानुपर्ने बताएका छन् । उनले नेपालको संविधानले मध्यावधि निर्वाचनको परिकल्पना र प्रबन्ध गरेको दाबी पनि गरेका छन् ।

फरक प्रसङमा मन्त्री पौडेलले कोभिड १९ विरुद्धको खोप ल्याउने तयारी गरेको बताए । विश्व स्वास्थ्य संगठन लगायतका अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाले निर्धारण गरेको मापदण्डका आधारमा क्रमिक रुपमा सबै नेपालीलाई नि:शुल्क रुपमा खोप उपलब्ध गराउने उनले बताए ।

मन्त्री पौडेलले सरकारले निश्चित आकारको बजेटको प्रवन्ध गरी खोप कोष स्थापना गरेको र यसमा अन्तराष्ट्रिय दातृ निकायले स्वेच्छिक रुपमा सहयोग गर्नसक्ने व्यवस्था गरेको बताए ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ३ : ३६ बजे

सुर्खेतमा आजदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

काठमाडौं– प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा

आजको कार्टुन : विदेश पुगे पनि सुख छैन देउवालाई

काठमाडौं- गत भदौ २३ र २४ गते जेन-जी आन्दोलन हुँदा

श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

काठमाडौं– वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र

बिस्केट जात्रा सुरु हुँदै

काठमाडौं– आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं

स्वास्थ्य क्षेत्र सुदृढ बनाउन अनुसन्धानलाई थप प्राथमिकतामा राख्नुपर्ने

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउन अनुसन्धानलाई