अदालततिर फर्केर दबाबको भाषा नबोल्न ओलीलाई प्रवक्ता शर्माको आग्रह « Khabarhub

अदालततिर फर्केर दबाबको भाषा नबोल्न ओलीलाई प्रवक्ता शर्माको आग्रह


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले  प्रधानमन्त्री ओलीलाई अदालततिर फर्केर दबाबको भाषा नबोल्न आग्रह गरेका छन ।

नेपाली कांग्रेस मध्यपुर थिमि नगर कार्य समितिले प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध आयोजना गरेको विरोधसभामालाई सम्बोधन गर्दै उनले न्यायाधीशलाई पार्टीको पोलिटव्यूरो सदस्य नठान्न समेत ओलीलाई चेतावनी दिए ।

‘संसद् विघटनको कदम असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादी छ। त्यसैले प्रधानमन्त्रीजी सर्वोच्च अदालततर्फ फर्केर दबाबको भाषा नबोल्नुस्,’ उनले भने ।

उनले सर्वोच्च अदालतको फैसला स्वीकार्न काँग्रेस तयार भएको बताए। तर आफ्ना कदमका विषयमा प्रधानमन्त्रीले जुहारी खेल्ने नहुने उनको भनाइ थियो।

उनले कम्युनिस्ट सरकारले भ्रष्टाचारलाई संस्थागत गर्ने बाहेकका काम नगरेको आरोप लगाए ।

उनले भने, ‘कम्युनिस्ट सरकार भ्रष्टाचारलाई संस्थागत गर्ने सरकार भएको पुष्टि भइसकेको छ। यो सरकारले भ्रष्टाचार नियन्त्रणको आश्वासमा मात्रै बाँडिरहेको छ ।’

अदालतले संसद विघटनको निर्णय सदर वा बदर गरेपनि ओलीको यात्रा बालकोट (ओलीको निजी निवास) हुने उनले दाबी गरे ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ६ : ३७ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३

चलायमान बन्दै कोरला नाका, राजस्व बढ्ने निश्चित

मुस्ताङ– तीन वर्षअघि नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङको लोमान्थाङ र

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु