निर्वाचन केन्द्रित सुरक्षा रणनीति अपनाउन गृहसचिवको निर्देशन « Khabarhub

निर्वाचन केन्द्रित सुरक्षा रणनीति अपनाउन गृहसचिवको निर्देशन


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले निर्वाचन केन्द्रित सुरक्षा रणनीति अपनाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन।

जिल्ला प्रशासन कार्यालय सुर्खेतको आयोजनामा आज सम्पन्न अन्तर जिल्ला सुरक्षा समन्वय गोष्ठीलाई सम्बोधन गर्दै उनले निर्वाचन सुरक्षामा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहबाट चुनौती रहेकाले गम्भीर हुन निर्देशन दिए ।

गृहसचिव न्यौपानेले विप्लव समूहका हरेक गतिविधिहरु कडाइका साथ रोक्न प्रजिअलाई निर्देशन दिए ।

“शान्तिसुरक्षा कायम गर्न तथा नागरिकको जीउधनको रक्षार्थ कुनै कसर बाँकी नराख्न उहाँले निर्देशन दिनुभएको छ”, सुर्खेतका प्रजिअ हीरालाल रेग्मीले भने ।

गोष्ठीमा सुर्खेतसँग सीमा जोडिएका छ जिल्लाका प्रजिअ सहभागी थिए । प्रजिअहरुले आ–आफ्नो जिल्लामा विप्लव समूहको प्रभावबारे रिपोर्टिङ गरेका थिए ।

सुरक्षा गोष्ठीमा सुदूरपश्चिम प्रदेशका अछाम, लुम्बिनी प्रदेशका दाङ, बर्दिया, कर्णाली प्रदेशका सल्यान, दैलेख, जाजरकोट जिल्लाका प्रजिअ, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रदेश कार्यालय प्रमुखहरु सहभागी थिए ।

गृहसचिव न्यौपानेले आजै जिल्ला प्रशासन कार्यालय सुर्खेतको गैरआवासीय भवनको शिलान्यास गरे । प्रशासन कार्यालयका अनुसार रु सात करोड ६१ लाख ५८ हजार लागतमा उक्त भवन निर्माण हुँदैछ ।

त्यस्तै गृहसचिव न्यौपानेले प्रशासन कार्यालय परिसरमै निर्माण भएको जिल्ला आपत्कालीन सञ्चालन केन्द्रको पनि उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ८ : २५ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ