संसद विघटनविरुद्ध कांग्रेस टुलुटुलु हेरेर बस्दैन : नेता सिंह  « Khabarhub

संसद विघटनविरुद्ध कांग्रेस टुलुटुलु हेरेर बस्दैन : नेता सिंह 


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले शनिबार देशभरका सबै स्थानीय तहमा विरोध प्रदर्शन गरेको छ ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले देशभरका ७ सय ५३ स्थानीय तहमा शनिबार प्रदर्शन गर्न गरेको हो । यसै क्रममा प्रतिनिधि सभा विघटन विरूद्ध शनिवार वसन्तपुरमा कांग्रेसले प्रदर्शन गरेको थियो ।

प्रदर्शनपछि आयोजित सभामा कांग्रेस नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन सिफारिस गरेको भन्दै कांग्रेस टुलुटुलु हेरेर नबस्ने चेतावनी दिए ।

संविधानको पालक भएकाले असंवैधानिक काम हुन नदिनु राष्ट्रपतिको दायित्व भएपनि राष्ट्रपति त्यसमा चुकेको उनले आरोप लगाए । नेता सिंहले मुलुकमा निर्वाचनको घोषणा गरेपनि निर्वाचनमा जाने आट नेकपाका नेताहरुमा नभएको तर्क गरे ।

सभामा नेविसंघका महामन्त्री मनोज बैद्यले प्रधानमन्त्री ओलीले संसद बिघटन गरेर लोकतन्त्रको हत्या गरेको आरोप लगाए । उनले ओली नेतृत्वको सरकार निरंकुशतर्फ गएको भन्दै आफूहरुले यसअघि नै आवाज उठाएको र अब पनि ओली प्रवृतिको विरोध जारी राख्ने बताए ।

यसअघि कांग्रेसले पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा र पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेस आन्दोलित छ।

 

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ८ : ५५ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन