संसद विघटनविरुद्ध कांग्रेस टुलुटुलु हेरेर बस्दैन : नेता सिंह  | Khabarhub Khabarhub

संसद विघटनविरुद्ध कांग्रेस टुलुटुलु हेरेर बस्दैन : नेता सिंह 


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले शनिबार देशभरका सबै स्थानीय तहमा विरोध प्रदर्शन गरेको छ ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले देशभरका ७ सय ५३ स्थानीय तहमा शनिबार प्रदर्शन गर्न गरेको हो । यसै क्रममा प्रतिनिधि सभा विघटन विरूद्ध शनिवार वसन्तपुरमा कांग्रेसले प्रदर्शन गरेको थियो ।

प्रदर्शनपछि आयोजित सभामा कांग्रेस नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन सिफारिस गरेको भन्दै कांग्रेस टुलुटुलु हेरेर नबस्ने चेतावनी दिए ।

संविधानको पालक भएकाले असंवैधानिक काम हुन नदिनु राष्ट्रपतिको दायित्व भएपनि राष्ट्रपति त्यसमा चुकेको उनले आरोप लगाए । नेता सिंहले मुलुकमा निर्वाचनको घोषणा गरेपनि निर्वाचनमा जाने आट नेकपाका नेताहरुमा नभएको तर्क गरे ।

सभामा नेविसंघका महामन्त्री मनोज बैद्यले प्रधानमन्त्री ओलीले संसद बिघटन गरेर लोकतन्त्रको हत्या गरेको आरोप लगाए । उनले ओली नेतृत्वको सरकार निरंकुशतर्फ गएको भन्दै आफूहरुले यसअघि नै आवाज उठाएको र अब पनि ओली प्रवृतिको विरोध जारी राख्ने बताए ।

यसअघि कांग्रेसले पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा र पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेस आन्दोलित छ।

 

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ८ : ५५ बजे

जेन–जी आन्दोलनमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

काठमाडौं– गत भदौ २३ र २४ गते देशभर भएको जेन–जी

ढुङ्गा खसेर लाग्दा बसमा सवार यात्रुको मृत्यु

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा बसमा ढुङ्गा खसेर लाग्दा एक जना यात्रुको

आज विश्व बिरामी सुरक्षा दिवस मनाइँदै

काठमाडौं– आज विश्वभर विश्व बिरामी सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी

देशभर मौसम बदली, यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एसिया कप : अफगानिस्तानमाथि बंगलादेश ८ रनले विजयी

काठमाडौं – एसिया कपमा बंगलादेशले अफगानिस्तानमाथि ८ रनको जित निकालेको