सत्तालोभका कारण अहिलेको अवस्था सिर्जना भयो : मन्त्री अर्याल « Khabarhub

सत्तालोभका कारण अहिलेको अवस्था सिर्जना भयो : मन्त्री अर्याल


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले प्रधानमन्त्रीविरुद्ध षड्यन्त्र गरेर सत्तामा पुग्ने लोभमा लागेका कारण अहिलेको अवस्था सिर्जना भएको बताएकी छिन ।

अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीको दोस्रो बैठकमा आज उनले पार्टीको अनुशासन नमानेर आफ्नै पार्टीका अध्यक्षविरुद्ध हस्ताक्षर संकलन गर्दै हिँड्ने र आफ्नै राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउन तयारी गरेपछि प्रधानमन्त्रीले बाध्य भएर प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएकी हुन ।

“प्रतिनिधिसभा विघटन नभएको भए प्रधानमन्त्री र राष्ट्रपतिलाई अहिलेसम्म फ्याकिसक्थे”, मन्त्री अर्यालले भनिन, “आफ्नालाई हटाएर सत्ता कांग्रेसलाई सुम्पिने थिए ।”

उनले भनिन “पार्टीभित्र कहिल्यै सरकार कसरी चलाउने रु कसरी एकता कायम राख्ने भन्नेबारेमा कहिल्यै छलफल चल्न सकेन, मलाईभन्दा दुःख भागवण्डामा मात्र नेता लागे, आजको अवस्था सत्ताका कारण उत्पन्न भएको हो ।”

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले पार्टी एकताको नाममा केही नेताको सत्तालोभका कारण गठबन्धन गरेका अहिले पुष्टि भएको बताइन ।

“जहिले बैठकमा पद छोड मात्र भन्ने, महाधिवेशनवाट पद छोड्छुभन्दा पनि तीन महिना कुर्न सक्नुभएन” मन्त्री महत्तोले भनिन, “कतिपय नेताले सङ्गठन र पार्टीभित्र हाम्रा होइन मेरा भन्ने मानसिकता बोकेका कारण आजको परिस्थिती आएको हो, नेतृत्वका बारेमा भ्रम सिर्जना गर्नेलाई मुकाविला गर्नुपर्छ ।”

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  १० : १७ बजे

‘हाम्रो आपसी सम्बन्ध र भाइचारामा दरार नआओस्’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगन्ज घटनापछि

‘आवेग होइन विवेक प्रयोग गरौँ, घृणाको आगो निभाऔँ’

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले तराई–मधेशका

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल साउन १५ गते शुक्रबार सन् २०२६

आज २०८३ साल साउन १५ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १५ गते शुक्रबार सन् २०२६

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट